PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

सीके राउत आएजस्तै गरी आउन विप्लवलाई सरकारको आग्रह, प्रवक्ताले भने : छक्कापञ्जाले चल्दैन



पहिलोपोस्ट

सीके राउत आएजस्तै गरी आउन विप्लवलाई सरकारको आग्रह, प्रवक्ताले भने : छक्कापञ्जाले चल्दैन
फाइल फोटो

काठमाडौं : सरकारका प्रवक्ता, सूचना सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले 'छक्कापञ्जा' तरिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता नहुने बताएका छन्।

मन्त्रिपरिषद् बैठकबारे बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै मन्त्री बास्कोटाले सरकार वार्ताका लागि तयार भएको तर कमजोर धरातलमा बसेर वार्ता नगर्ने दाबी गरे।

मन्त्री बास्कोटाले भने, 'हामीले कति चोटि भन्ने? उहाँहरूलाई हामी वार्ता गर्न तयार छौँ भन्ने। वार्ता दाउपेच र शक्ति सञ्जयको लागि भने हुँदैन। मानिस छोड्ने मुद्दा हटाउने अनि उहाँहरू वार्तामा आउनु भएन भने?'

मन्त्री बास्कोटाले विप्लवको माग पूरा नहुने दाबी गरेका छन्। ‘पक्राउ गरेको मान्छे छोडेर फेरि बन्दुक बोक्न जाने गरी वार्ता हुँदैन,' मन्त्री बास्कोटाले भने।

मन्त्री बास्कोटाले विप्लव समूह हिसाब छोडे र संविधान पालन गर्ने गरी आए एक मिनेटमा नै वार्ता गर्न तयार भएको समेत बताए। ‘हिंसा छोडेर, संविधानमा मान्ने भए। पहिले केही बिगारेको भए पनि होस नि त भनेर भन्थ्यौं, ' उनले भने।

मन्त्री बास्कोटाले सीके राउत शान्तिपूर्ण रुपमा आएजस्तै गरी विप्लव समूह पनि आउनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell