PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सचिन तेन्दुलकरसहित ३ खेलाडी आइसीसीको 'हल अफ फेम'मा



पहिलोपोस्ट

सचिन तेन्दुलकरसहित ३ खेलाडी आइसीसीको 'हल अफ फेम'मा

मास्टर ब्लास्टर सचिन तेन्दुलकरसहित ३ अन्तर्राष्ट्रिय क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले हल अफ फेम को लिष्टमा राखेको छ।

बिहीवार आइसीसीले भारतका सचिन, दक्षिण अफ्रिकी फास्ट बलर एलान डोलान्ड र पुर्व महिला तिब्र गतिकी बलर क्याथरिन फाजफ्रिकलाई हल अफ फेमबाट सम्मान गरेको हो ।

आइसीसीको हल अफ फेम जस्तो उच्च सम्मान पाउने सचिन छैटौँ भारतीय खेलाडी बनेका छन्। यसअघि भारतबाट विशन सिंह बेदी, कपिल देव, सुनिल गावस्कर, राहुल द्रविड र अनिल कुम्बले यस सूचीमा परिसकेका छन्।

आइसीसीको अल अफ फेमबाट अहिलेसम्म ८७ खेलाडी सम्मानित भइसकेका छन्।

क्रिकेटमा खेलाडीहरुले गरेको योगदानलाई सम्मान गर्न आइसीसीले सन् २००९ को जनवरीमा हल अफ फेमको सुरुवात गरेको थियो।

यस सूचीमा अहिलेसम्म इङल्याण्डबाट सबैभन्दा धेरै २८ खेलाडी समावेश छन् भने अस्ट्रेलियाबाट २५, वेस्टइन्डिजबाट १८, भारतबाट ६, पाकिस्तानबाट ५, न्यूजील्याण्डबाट ३, दक्षिण अफ्रीकाबाट २ र श्रीलंकबाट १ खेलाडी छन्।   





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell