PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु



रासस

सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु

कावासोती: नवलपरासी पूर्व नवलपुरमा सर्पले टोकेर एक जना वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका–१७ का ६८ बर्से बुद्धिबहादुर थापाको सर्पको डसाइबाट आज बिहान मृत्यु भएको हो।

सर्पले टोकेको थाहा नपाउँदा विषले उनको शरीरमा असर देखिएपछि मात्र उनलाई उपचारका लागि कावासोतीस्थित कालीगण्डकी अस्पताल पु-याइएको थियो।

उनलाई अस्पताल ल्याउनासाथ परीक्षण गरी चिकित्सिकले मृत घोषणा गरेका थिए। थापालाई बिहान करिब साढे ५ बजे घरमै सर्पले डसेको हुनसक्ने परिवारले बताएको छ। त्यसको करिब एक घण्टापछि विषको असर देखिन थालेपछि मात्र सर्पले टोकेको आशंका गरी अस्पताल लगिएको थियो।

अहिले गर्मी याम र पानी परिरहेकाले जमिनमुनि शीतनिद्रामा बसेका सर्प बाहिर निस्कने हुँदा सावधान रहनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा छविलाल थापाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell