PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

अख्तियारले मुद्दा हालेपछि वकिलको कार्यालय गएका त्रिविका पूर्व कर्मचारीले गरे त्यही आत्महत्या



पहिलोपोस्ट

अख्तियारले मुद्दा हालेपछि वकिलको कार्यालय गएका त्रिविका पूर्व कर्मचारीले गरे त्यही आत्महत्या

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन्। बिहीवार बिहान त्रिपुरेश्वरको राधा भवनबाट पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले हामफालेर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी देवेन्द्र पालले जानकारी दिए।

पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव दुई साताअघि विद्यार्थीको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

बिहीवार बिहान पाण्डे मुद्दाको विषयमा छलफल गर्ने राधा भवनको छैटौं तलमा रहेको दुवेदी ल एसोसिएटमा पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। ‘हामीले बुझ्दा उहाँ मुद्दाको विषयमा वकिलसँग बुझ्न जानु भएको देखिन्छ,' डिएसपी पालले भने।

करिव ११ बजेतिर पाण्डेले भवन माथिबाट आत्महत्या गरेको देखिन्छ। तर, उनले कुन तल्लाबाट हामफाले भन्ने अनुसन्धानमा खुल्न सकेको छैन। भवनको बाहिर रहेको सिसि क्यामरामा माथिबाट खसेको मात्र देखिएको प्रहरीको दावी छ। ‘भवनबाट खसेकोमात्र देखियो। तर, कुन तला हो भन्ने खुलेको छैन,' डिएसपी पालले भने।

उनीसँगै अरु १० जना विरुद्ध पनि अदालतमा अभियोग पत्र दायर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell