PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

भारतीय टिम नआउने भएपछि नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल रद्द



पहिलोपोस्ट

भारतीय टिम नआउने भएपछि नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल रद्द

काठमाडौं : नेपालले भारतसँग खेल्ने भनेको मैत्रीपूर्ण भलिबल रद्द भएको छ।

काठमाडौंमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाली टिमले भारतसँग मैत्रीपूर्ण ३ वटा मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको थियो। साउन ९, १० र ११ गते काठमाडौंमा हुने भनिएको खेलका लागि भारतीय टिम नआउने भएको छ।

भारतीय भलिबल महासंघले नेपाल भलिबल संघलाई पत्राचार गरी प्राविधिक कारणले आफूहरु नेपालमा खेल्न आउन नसक्ने जानकारी गराएको संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। भारतसँगको खेलका लागि नेपाल भलिबल संघले तयारी तीब्र बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell