PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

टिपरमा स्कुटर ठोक्किदा एक युवकको गयो ज्यान



पहिलोपोस्ट

टिपरमा स्कुटर ठोक्किदा एक युवकको गयो ज्यान

काठमाडौः सडकमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ।

ठक्कबाट स्कुटर चालक बुढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा नेशनल अस्पताल कलङ्कीमा मृत्यु भएको हो।

काठमाडौँ महानगरपालिका २७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा.९२ प ६५६५ नम्बरको स्कुटर शनिवार ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell