PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

दिल्लीमा ३ कार्यकाल मुख्यमन्त्री रहेकी कांग्रेस नेतृ शीला दीक्षितको मृत्यु



पहिलोपोस्ट

दिल्लीमा ३ कार्यकाल मुख्यमन्त्री रहेकी कांग्रेस नेतृ शीला दीक्षितको मृत्यु

नयाँ दिल्ली : दिल्लीको पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ। ८१ वर्षको उमेरमा कांग्रेस नेता दीक्षितको शनिवार मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् १९९८ देखि २०१३ सम्म दिल्लीका मुख्यमन्त्री रहेकी दीक्षितको निधनपछि सिंगो राजनीतिक वृत्तले उनीप्रति श्रद्धाञ्जली प्रकट गरेको छ।

भारतीय राष्ट्रपति राम नाथ कोविदले भारतको राजधानी दिल्लीको रुपान्तरणमा योगदान दिएका कारण दीक्षित सधैं स्मरणमै रहिरहने बताएका छन्। त्यसैगरी उनीप्रति श्रद्धाञ्जली दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको विकासका लागि उनको उल्लेखनीय योगदान रहेको जनाएका छन्।

पूर्व प्रधानमन्त्री मनमोहन सिंहले दीक्षितको निधनले आफूलाई झस्क्याएको बताएका छन्। 'उनको निधनले देशले एउटा प्रतिवद्ध कांग्रेस नेता गुमाएको छ। तीन कार्यकाल मुख्यमन्त्री रहेर दिल्लीको विकासका लागि योगदान दिएका कारण उनलाई यहाँका जनताले सधैं सम्झिरहने छन्,' सिंहले भनेका छन्।

राहुल गान्धीले कांग्रेस पार्टीकी प्यारी छोरी गुमेको टिप्पणी गरेका छन्। 'उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यसबाहेक उहाँले देश र दिल्लीका लागि जे गर्नुभयो त्यो सबैले सम्झिनेछन्,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell