PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा काडाघाँरीबाट मध्यराति समातिए



पहिलोपोस्ट

विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा काडाघाँरीबाट मध्यराति समातिए

काठमाडौँः प्रतिबन्धित नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका एक नेता काठमाडौँबाट पक्राउ परेका छन्। 

पक्राउ पर्ने व्यक्ति विप्लव समूहका उपत्यकाका ब्यूरो इञ्चार्ज भएको प्रहरीले बताएको छ।  प्रहरीका अनुसार पक्राउ परेका माइला लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार हुन्। उनलाई अपराध महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए।

थापाले भने,' दुई जनालाई राति १२ बजेर २० मिनेटमा काडाँघारीबाट नियन्त्रणमा लिएका हौँ।'

प्रहरीले उनीसँगै रेशम तामाङलाई पनि नियन्त्रणमा लिएको हो। उनी समूहका कार्यतकर्ता मात्र भएको प्रहरीको भनाई छ।  लामा २०६४ सालको संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित समेत भएका व्यक्ति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell