PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पार्किङ गर्ने क्रममा जिपले किच्दा बालकको मृत्यु



पहिलोपोस्ट

गलकोटः बागलुङ जिल्लाको काठेखोला गाउँपालिका -१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ।

ग १ ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा घटना भएको हो। जिपले किच्दा चालक थापाकै छोरा सात वर्षीय सलिनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा बालकलाई किच्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको  विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell