PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न मागसहित पहिचान संरक्षणले बुझायो १७ बुँदे पत्र, फोटोमा हेर्नुस्

गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न मागसहित पहिचान संरक्षणले बुझायो १७ बुँदे पत्र, फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: गुठी संस्कृति जोगाउनका लागि संघर्षरत समूहले आज गुठी संस्थानको सम्पत्ति सार्वजनिक गर्न माग गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वर पुगेर उनीहरुले १७ बुँदे मागसमेत पेश गरेका छन्।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजन गणपतिलाल श्रेष्ठले अध्ययनका लागि १७ सूचना संस्थानलाई मागेको जनाए। उनीहरु झाँकी र नारासहित संस्थान पुगेका थिए। 

यस्ता छन् मागहरु

१. २०२९ सालमा गुठी संस्थाको नाममा रहेको राज गुठी र छुट गुठीको जग्गाको कि.नं र क्षेत्रफल र कुल संख्या।

२. २०२९ सालमा गुठी संस्थाबाट सङ्कलित रकम र खर्च रकम।

३. मालपोतमा राज गुठीको सम्पत्तिको रूपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागी प्रयोग भै रहेको छ?

 ५. मालपोतमा छुट गुठीको सम्पत्तिको रूपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको

लागी प्रयोग भै रहेको छ?

५. मालपोतमा निजी गुठीको सम्पत्तिको रूपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको

लागी प्रयोग भै रहेको छ?

६. मालपोतमा गुठी रैतान नम्बरी जग्गाको रूपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल

ती बाट कति मालपोत गुठी संस्थानले असुल गरी रहेको छ

७. मालपोतमा गुठी नम्बरी जग्गाको रूपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल ती

बाट कति मालपोत गुठी संस्थानले बुजाउँदै आएको छ? सो जग्गाहरू के प्रयोजनको लागी प्रयोग

हुँदै आएका छन् सो को विवरण

८. मालपोतमा गुठी तैनाथी जग्गाको रूपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण। सो

जग्गाहरू के प्रयोजनको लागी प्रयोग हुँदै आएका छन् सो को विवरण

९. मालपोतमा गुठी अधीनस्थ जग्गाको रूपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल ती बाट कति जिन्सी गुठी संस्थानलाई बुजाउँदै आइरहेको छ ? सो जग्गाहरू के प्रयोजनको लागी प्रयोग हुँदै आएका छन् सोको विवरण

१०. २०२९ सालमा गुठी संस्थानको कुल सम्पत्ति कति थियो?

११. २०३३ सालमा गुठी संस्थानको कुल सम्पत्ति कति थियो?

१२. हाल गुठी संस्थानको कुल सम्पत्ति कति छ?

१३. गुठीको जम्मा कति जग्गामा मोहियानी हक कायम भएको छ?

१४. २०२९ सालदेखि हालसम्म जग्गा बढेको छ कि घटेको छ सो को कारण ।

१५. २०२९ साल पछि नेपाल सरकारले कति जग्गा अधिग्रहण गरेको छ र कति वटा जग्गाको
क्षतिपूर्ति दिन बाकी छ?

१६. हाल कुन कुन गुठीको कती जग्गा भाडामा दिइएको छ र सो जग्गाहरू के कामका लागि प्रयोग भएका छन् र सोबाट कति रकम वर्षमा गुठी संस्थाले असुल गर्छ र सो जग्गावाला गुठीको लागी खर्च गर्छ।

१७. पूजा जात्रा पर्वमा गुठी संस्थानले परम्परा निरन्तरताको लागि कुन कुन गुठीलाई कति रकम लिँदै आएको छ।

संयोजक
गणपतिलाल श्रेष्ठ



ट्रेन्डिङ पोस्ट

Ncell