PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई दशक भलिबल खेलेकी विनिता भन्छिन्, 'यसरी बेइज्जत गर्लान् भन्ने सोचेकै थिइनँ'



गोविन्दराज नेपाल

दुई दशक भलिबल खेलेकी विनिता भन्छिन्, 'यसरी बेइज्जत गर्लान् भन्ने सोचेकै थिइनँ'
फोटोहरु : माल्दिभ्स भलिबल संघ

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्द नेपाल भलिबल संघले महिला र पुरुषतर्फ २५ खेलाडीको नाम सार्वजनिक गर्दा केही नामका कारण उक्त विषयले चर्चा पायो। पुरुषको भन्दा पनि महिलातर्फ २५ जनाको नाम छनोट हुँदा धेरै आश्चर्यमा परे।

टीममा खेल्दै आएकी कप्तान विनिता बुढाथोकी र र उपकप्तान मन्जु गुरुङ नै २५ जनाको सूचीमा नपरेपछि हलचल नै भयो।

नेपालको लागि तीनवटा साग खेलिसकेकी विनिता पछिल्लो समय टोलीको कप्तानको भूमिकामा थिइन्। तर आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा ५ सदस्यीस सेलेक्सन कमिटीले छनौट गरेको सूचीमा विनिता अटाइनन्। सूचीमा नयाँ खेलाडीहरुको बाहुल्य छ। तर अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छैन। विनिता र मन्जुसहित अन्तर्राष्ट्रिय खेल खेलिसकेका ५ खेलाडी अहिले टीम बाहिर छन्। घरेलु भलिबलको सफल क्लब एपीएफलाई च्याम्पियन बनाउन नेतृत्व गर्ने विनिता अहिले राष्ट्रिय टीमको प्रारम्भिक सूचीमै नपर्दा निराश छिन्।

टीममा नाम नपरेपछि विनिताले पहिलो पटक आफ्नो धारणा पहिलोपोस्टसँग यसरी व्यक्त गरिन्।

सेलेक्सन गरेको हो कि आउने भलिबल संघको चुनावको माहोल हो कुरो बुझ्न सकिएन। खेललाई मध्यनजर गर्ने हो भने सेलेक्सन जस्तै लिफ्टर कम्पिटिसन गर्ने ओपन, लिब्रोमा कम्पिटिसन गर्नुपर्ने खेलाडी हुनुपर्‍यो। अब त्यसमा कम्पिटिसन गर्ने खेलाडी कोही छैन।

अहिले चाँही यो १२ जना भित्रको यी हुन्, त्यो भन्दा कोही राम्रो चाहिएन, कम्पिटिसन चाहिएन भन्ने खालको छ।

जस्तो लिफ्टरमा कम्पिटिसन गर्ने कोही छैन। एउटा दाङको टिमको लिफ्टर छ। त्यो लिफ्टरको कामै छैन। यसमा सेलेक्सन गर्न परेन। अब क्वीकमा पाँच नम्वर प्रदेशको १ जना छ। अब क्वीकमा पनि सेलेक्सकन गर्नुपर्ने। त्यसलाई सेलेक्सनमा राख्नुपर्ने कुनै कारण नै छैन। फ्रि कम्पिटिसन गर्दा गेम राम्रो होला भन्ने टार्गेट नै छैन। यो चाँही १२ जना खेलाडी छुट्टायर अरु खेलाडी राखेर २५ जना पुर्‍याएको जस्तो छ। पुराउनको लागि सबै क्षेत्रबाट समेटेको जस्तो गरेर सेलेक्सन भाछ।

एउटा कुरा के भनेदेखि कम्पिटिसन भए पो अझ राम्रो हुन्छ। कम्पिटिसन भएन कसरी राम्रो हुन्छ। कुन पोजिसनको लागि कम्पिटिसन हुन्छ अहिले यो २५ जना भित्रमा? कुनै पोजिसनमा पनि कम्पिटिसनको भावना छैन। त्यो किसिमले लागेका छन्।

लिफ्टरमा भिड्नुपर्ने भने अहिले पनि कसैले मसँग सक्दैनन्। फिजिकल सबैमा म अहिले पनि तगडा छु। कुनै पनि क्षेत्रबाट म बेस्ट नै हो। कुनै खेलाडीभन्दा म कमजोर छैन र अरुसँग दब्दिन पनि। खाली एउटा 'एज' को कुरा आछ। खेलको लागि एज छुट्याएको छैन नि। यति उमेर सम्मकोले खेल्ने भनेर। फिजिकल राम्रो भएर गेम राम्रो भएपछि पुग्यो नि। तर यसमा त्यो हेरेको छैन। कसरी फालम्।

 

लिफ्टरमा टोलीलाई हल्लाउने क्षमता हुनुपर्छ

 

अरुणाले लिफ्टरबाट आधिअबादी प्रतियोगिता मात्र खेलेको छ। विदेशी खेलाडी राम्रो भएर त्यहाँ उसले खासै मेहेनत गर्नुपरेन।

अरुणाको लिफ्टरमा क्वीक हान्न सकिँदैन। ६ महिनामा लिफ्टर खेलेर सिकिँदैन। किनकी म पनि लिफ्टर नै भएर आको हो। लिफ्टरलाई एकदमै गाह्रो हुन्छ। सबै टोलीलाई हल्लाउने क्षमता लिफ्टरमा हुनुपर्छ। म पहिल्यैदेखि लिफ्टरमा खेलेको हो। लिफ्टरमा २० वर्ष खेलेँ। पहिले चाँही स्पाइकबाट सुरु गरेको हो। कपिल गुरुङले मलाई लिफ्टरबाट खेलाउनुभाको हो। पूर्वबाट क्षेत्रीय खेल्दा स्पाइक खेलेको। गुरुले लिफ्टर बनाइदिनुभयो।

अहिले आर्मीको लिफ्टर पनि त्यति राम्रो छैन। अहिले स्पाइकर मात्र राम्रो भएर हुँदैन। लिफ्टर पनि एकदमै महत्वपूर्ण हुन्छ। लिफ्टरले राम्रो फालेन भने जतिसुकै राम्रो स्पाइकर होस् कामै हुँदैन, त्यही पनि नेपालको।

सोचेका होलान् अब आउँदै गरेको साफलाई कसरी हेरेका छन्। सेलेक्सन कमिटीमा ५ जना छन्। तिनीहरुले पनि त्यही सोचेका होलान्। नयाँ खेलाडी, उमेरका, हाइटमात्र हेरेर साग राम्रो हुनेवाला छैन।

सिनियर खेलाडी नहुँदा ह्याण्डल गर्न कठिन

एउटा कुरा माल्दिभ्सलाई मात्रै टार्गेट गर्ने हो भने हराउन कुनै गाह्रो छैन। हाम्रो कुनै पनि विभागको टीमले माल्दिभ्सलाई जित्छ। टार्गेट भनेको अहिले श्रीलंका र भारतलाई हो। त्यो टार्गेट हो भने यसपालीको गेम एकदमै नराम्रो हुन्छ।

यो टीमले श्रीलंका भारतसँग खेल्न गाह्रो छ। १२ जना स्पष्ट छुट्टिराछ। सेलेक्सन गरेर ट्रेनिङ गर्न थालेपछि टार्गेट ठूलै हुन्छ। तर भित्र खोलेर हेर्ने हो भने अर्कै देखिन्छ। यदि कमला खेल्न सकिनन् भने लिब्रोमा पनि कमजोर हुन्छ र लिफ्टरमा पनि शतप्रतिशत कमजोर हुन्छ। अहिले टीममा रहेका दुवै लिफ्टर कमजोर छ। अब स्पाइकरमा प्रतिभा छ, सरस्वती छ।

पछिल्लो पटक सन् २०१७ मा माद्लिभ्समा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व गरेको महिला भलिबल टिम

 

अब नयाँलाई एकै पटक खेल्न गाह्रो हुन्छ। हामी पनि सुरुमा खेल्दा त्यस्तै थियो। साग भनेको ठूलो गेम हो। मास हेरेर, कभर्ड हल हेरेर, गेम हेरेर हामी पनि नर्भस हुनुथ्यौँ। खेल्नै नजानेको जस्तो हुन्थ्यौ सुरुमा।

अहिलेको टीम पनि नयाँ छ। अब त्यहाँ ह्याण्डन गर्ने पुरानो खेलाडी एक जना पनि छैन। किनकी सबै नयाँ नयाँ भइदिए। मलाई त्यस्तो लाग्छ। लिडर कमी भाको जस्तो छ।

तर माल्दिभ्सलाई हराउन गाह्रो छैन। थर्ड मेडल लाल छाप हो।

मैले तीन वटा साग खेले। आठौँ, दशौँ र ११औं। नवौँमा भलिबल थिएन। सबैमा थर्ड मेडल जितेको। तर माल्दिभ्सलाई मात्र जितेको थियौँ। माल्दिभ्सलाई जित्न अहिलेको टीमलाई कुनै गाह्रो छैन।

विनिताको कप्तानीमा २०१६ मा भारतमा भएको १२औं सागमा नेपाली टोलीले कास्य पदक जितेको थियो। फोटो : टिएचटी

नाम नपर्दा एकदमै नराम्रो फिल भयो

सेलेक्समा मेरो नाम नहुँदा एकदमै नराम्रो फिल भएको थियो। किनकी यति धेरै वर्ष भलिबल खेलमा लगानी गरियो। भलिबल खेलियो। आखिर भलिबल खेलेर के हुने रैछ त। अरु बच्चाहरुले पनि के सोच्छन्। अब केही रहिन्छ, दिदिहरुले यत्रो वर्ष मेहनत गरे मेडल ल्याए अब हामीले पनि केही सोच्नुपर्ने रैछ। खेलुन्जेल खेल्ने त्यसपछिका बाटोहरु चाँही अरु-अरु तिर पनि हात हाल्दै गर्नुपर्ने रैछ भन्ने चाँही आउने केटीहरु र नयाँ खेलाडीहरुलाई पनि पाठ भयो।

भलिबल संघले सेलेक्सन गर्दा के चाँही गर्न सकिन्थ्यो भने ल हामीले खेल्न सकेनौँ रे। तर १२ जनामा पारेर तिमीहरुले टीममा यसो गर भन्न सकिन्थ्यो। तर यतिका वर्ष खेलेर उनीहरुले हामीलाई कुन इज्जत दिए त? कुनै पनि इज्जत दिएन नि। इज्जत दिने ठाउँमा बेइज्जत गरे। तर पनि उनीहरु यो कारण, उ कारण भन्छन्। भलिबल यत्रो वर्ष खेलेर हामीले यत्रो मेडल ल्यायौँ। खेल्यो। सेलेक्सनको भोलिपल्ट हामी फालिएपछि हामीले के भन्ने?

हामी त केही नि भएनम् त! भलिबल खेलेमा इज्जत त हाम्रो कति पनि रहेन नि त। तर त्यो इज्जत माथि चाँही भलिबल खेलाडीलाई एकदमै नराम्रो गरेका छन् अहिलेको यो सेलेक्सन कमिटिले। सेलेक्सन कमिटिलाई फोन गर्दा सुरु सुरुमा उठाएनन्। त्यो उनीहरुले के सोचेको छन् थाहा भएन तर हाम्रो तर्फबाट फोन गर्दा कुनै जवाफ भएन।

नेविका वर्षको १८ वटा गेम सेटमै खेलेर जिताएकी छिन्। तर उ किन परिन् भन्दा उसको ढाड खुल्ने समस्या छ रे। सेलेक्सन कमिटिलाई त्यो त केही हैन नि। ढाड दुखेको भए वर्षको १८ कति वटा खेल्छे।

कमलाको कुरा गर्ने हो भने घुडाँको अप्रेसन गरेर मान्छे खेल्न सक्छिन् त। कम्तिमा पनि ५-६ महिना लाग्छ। अब कमलालाई कुन नजरले हेरेको छ त!

बिच भलिबल खेल्दा झनै लाज

सागको सेलेक्सनमा नपरेपछि हामी बिच भलिबल खेल्न गयौँ। पोखरामा खेल्न जाँदा संघकै मान्छेले पनि भनेका छन्, 'भलिबलमा सेलेक्सनमा फालिएकाहरु यहाँ आएर खेलेका छन् समेत भनेका छन्।' हाम्रो बेइज्जत कति गरेका छन् भन्ने यहाँ पनि छ। भलिबलमा नपरेका जति बिच भलिबल खेल्न गाथ्यो। सेलेक्सनमा नपरेपछि यहाँ आएर बिच खेलेका छन् भनेर संघकै सदस्यले भनेका छन्।

यदि सागमा बिच खेल्यो भने हाम्रो मेडन शततप्रतिशत छ।

हामीलाई पनि बिच खेल्न जाँदा लाज हुनुथ्यो। तर विभागले जा भनेपछि जानुपर्ने अवस्था भएर खेल्न गएको हो। यस्तो लज्जति भएपछि खेल्न त मन थिएन। तर विभागमा भएको हुनाले खेलिहाल्यो। जितियो पनि। त्यहाँको गेम हेरेर पनि म कति कमजोर छु कि बलियो छु कि के छु भन्ने देखिएङ्को छ। सबैलाई थाहा छ। म कमजोर केसैमा छैन।

तर समग्रमा एउटा भलिबल खेलाडीले मेडलिस्ट खेलाडीलाई यति धेरै बेइज्जत गर्लान् भन्ने मैले कहिल्यै सोचेको थिइँन।

अरु खेलाडीले के सिक्ने?

एउटा भनाई छ नि यीनीहरुलाई अब यो गर्ने यसरी बिदाई गर्ने यीनीहरुलाई यसरी इज्जत दिने भन्ने। इज्जत दिने कुरो नै रहने भने आउने खेलाडीले के सिक्ने? जस्तै सरस्वतीले रेश्माले अरुले के सोच्ने? राम्रो खेलाडीले के सोच्ने? सरस्वतीहरुले अब के सोचेर भलिबल खेल्छन्? यो आउँदै गरेको साग खेल्छन्। तर यी सबै नयाँ नि छन् खेलाडीले अब खेलेरकेही रहिन्छ हाम्रो पनि यस्तै हुने रहेछ भनेर केही न केही चाँही सोच्न पर्ने बनाइदिएको छ भलिबल संघले सेलेक्सन कमिटीले।

बेइज्जत गरेर बिदाई गर्नुको अर्थ छैन

बेइज्जत गरेर बिदाई गर्ने योजनाको कुनै अर्थ भएन। कसैले पनि स्वीकार गर्दैन नि। पहिले नै इज्जत दिने ठाउँमा बेइज्जत गरेर बिदाई गरियो भने म चाँही जानेवाला छैन। किनकी मेरो बेइज्जत भइसक्यो मैले यत्रो मेडल ल्याएँ। आखिर मैले त्यसको जवाफ कसैलाई पनि दिन सक्दिँन। सेलेक्सनमा परेन भन्छन्। परेन भन्दा त्यसको जवाफ मसँग छैन।

१२ जनाको नाम फिक्स्ड छ

म यति राम्रो खेल्दा खेल्दै मेडल ल्याएको खेलाडी उनीहरुलाई प्रष्ट थाहा छ। थाहा हुँदा हुँदै लिफ्टरको ठाउँमा दाङको एउटा सानो बहिनी राखेको छ। गाउँले लेभलमा खेल्ने खेलाडी कसरी नेशनल टीमको सेलेक्सनमा परि त? त्यसले पनि छुट्टिन्छ नि १२ जनाको टीम अहिले नै छुट्याएर खरेका छन्। कसलाई कहाँ खेलाउने भने। आर्मीको लिफ्टर पनि फाल्न मिलेन अरुणा पनि फाल्न मिलेन। अब नराम्रो लिफ्टर राखेपछि त्यसलाई फाल्दा दुई जना त टीममा पर्ने पक्का भए जसरी राखेका छन्। यो पुरै प्लान गरे जस्तै गरे राखेका छन्।

कुनै पनि पोजसिन लिफ्टर, स्पाइकर, लिब्रो, क्वीक ब्याकबाट खेल्ने १२ जना खेल्ने ठाउँमा टुप्लुक्क राखेका छन्। सबैतिर समेटर सेलेक्सन गरेका छन्। यहाँबाट फाल्न कुनै गाह्रो छैन। न सेलेक्सन गर्न गाह्रो छऽ न फाल्न गाह्रो छ।

 

भलिबल भनेर हिँडेको तर माटोमै बिलिन भयौँ

यत्रो वर्ष खेलेको खेलाडीलाई बेइज्जत नै चाँही गर्न नहुने हो खास तर बेइज्जतिको पात्र हामी भयौँ। यत्रो वर्ष खेलेम् भलिबल भनेर हिँड्यो भलिबल भनेर खेलेम् भलिबल भनेर यत्रो वर्ष बिताएम् तर अन्तिममा हामी अब माटोमा मिलेम हामी भलिबल खेलेर नाम कमाएम् तर हाम्रो केही अस्तिस्व रहेन कुनै ठाउँमा इज्जत नै रहेन।

अनी यो सोच विचार भलिबल संघले गर्नुपर्ने हो। संघका अध्यक्षलाई सोध्दा 'ए फालेछन् है।' भन्नुभयो। अध्यक्षले सुरुमा फोन नउठाएपछि भरत शाहमार्फत पछि उहाँसँग कुरा भयो।

किनकी अलिकति इज्जत दिएको भए हामीलाई पनि केही हुने थिएन। तर अहिले जता पनि समाचार आउँछ कप्तान र उपकप्तान परेन भन्छ। २५ जनाभित्र परेन भन्छ। २५ जनाभित्र नपर्ने खेलाडी होम् र हामी।

नेविका, मन्जु, कृपा, विनिता अहिले टीममा छैनन्। कमला (रातो ड्रेस) मात्र टीममा छन्

सेलेक्सन कमिटिमा जो-जो बसेका छन् नि उनीहरुले हाम्रो डिसिजन नै अन्तिम हो। यसलाई कसैले हल्लाउन सक्दैनन् भनेर बसेका छन्। त्यसरी हामीलाई निकालेको हो। किनकी त्यो कमिटीमा भएको मान्छेलाई हामी कस्तो खेलाडी हो भन्ने प्रष्टै थाहा छ। तर उनीहरुले खै कुन ठाउँमा इज्जत दिए त। भलिबल खेलेर मात्र केही नहुने रैछ भन्ने त सबैले सिकिसके नि। आउने खेलाडीलाई के हुन्छ त अब। यो साग खेल्छन् त्यसपछि कहाँ पुग्दा रहछ।

एउटा इज्जत नै नदिई एकै पटक मिडियामा सेलेक्सन गरेको बेलुका त हाम्रो फोटो हालेर हामी यो यो २५ जनामा परेनन् भनेर आयो। २५ जनामा पारेर तिमीहरुलाई चाँही हामीले अब यसरी सम्मानका साथ तिमीहरुले यस्तो गर भनेर यति इज्जत दिएको भए हामीलाई पनि नराम्रो हुने थिएन नि।

अहिलेका खेलाडी नर्भस छन्

अहिले टीममा भएको लिफ्टर लिब्रो पनि होपलेस छन्। किनकी हामीले उठाउने र नयाँलेर् उठाउनेमा फरक पर्छ नि।

जतिसुकै राम्रो स्पाइकर भएपनि लिफ्टरले खेलाउन सकेन भने गेम नै राम्रो हुँदैन। किनकी लिफ्टरले टीमभित्र बसेर ५ जनालाई हल्लाउने हो। तर एक जनालाई मात्र उठाएर हुँदैन प्रतिभालाई मात्रै उठाएर हुँदैन सिचुएसन अनुसार गेम खेलाउनुपर्छ। सिचुएसन अनुसार गेम खेलाउन सक्ने लिफ्टर नै टीममा छैन, अहिले म आफू लिफ्टर भएको भएर भन्दा।

नयाँ लिफ्टरलाई ६ महिनालाई दुरुस्त बनाउन सक्छ भन्ने उनीहरुको कुरा छ। न अरुणाले लिफ्टर भएर धेरै गेम खेलेको छ। आर्मीकै लिफ्टर पनि नयाँ नै छ। खेलाडीहरुलाई सोध्दा पनि हामी लिफ्टरकै कारणले गेम हार्छौँ भन्छ।

ठूलो टार्गेट नै छैन, टीममा प्रतिस्पर्धा छैन

यस पटक कुनै मेडल जित्ने टार्गेट नै छ। माल्दिभ्सलाई जस्तो खेलेपनि जित्छ। त्यही भएर यो टीम बनाएका छन्। अनि नयाँ टीम-नयाँ टीम भनेर बनाको छन्।

जुनियर खेलाडीलाई पनि नयाँ लिफ्टर कस्तो हुन्छ भनेर सोध्दा नि थाहा हुन्छ।

टिममा को-को पर्ने भनेर फिक्स्ड जस्तै छ। यस्तो अवस्थामा टीममा पर्न कसरी प्रतिस्पर्धा हुन्छ? कम्पिटिटर नै छैन भने किन मरिमेट्ने। अब लिफ्टरमा त्यो दाङको केटीले कम्पिटेसन गर्नै सक्दैन।

अनी के को कम्पिटिसन। अनि कसरी टीम राम्रो हुन्छ। हाम्रो पालामा ४ जना लिफ्टरबीच कम्पिटिसन हुन्थ्यो। को राम्रो, को टीममा पर्ने भनेर।

टीममा पर्ने पक्का छ भने किन प्रतिस्पर्धा गर्ने। यो पटक चाँहि अलिकति नराम्रै भयो। इज्जत दिने ठाउँमा बेइज्जत गरेका छन्।

'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टीममा नराख्नु गल्ती'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell