PahiloPost

Aug 8, 2026 | २३ साउन २०८३

संगठन विभाग मेरै हो- वामदेव, उहाँलाई त्यस्तै लाग्या होला निर्णय भएको छैन- प्रवक्ता



कुञ्जरमणि भट्टराई

संगठन विभाग मेरै हो- वामदेव, उहाँलाई त्यस्तै लाग्या होला निर्णय भएको छैन- प्रवक्ता

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले संगठन विभागको नेतृत्व आफूले पाउने पक्का भएको बताएका छन्।

आज बालुवाटारमा बसेको सचिवालय बैठक पछि पत्रकारहरुमाझ संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 'संगठन विभागमा म हुने कुरा पक्का छ। अरु विभागको कुरा थाहा छैन,' उनले भने।

यता ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने विभागहरुको टुंगो लागिनसकेको बताए। 'वामदेवजीलाई त्यस्तो लागेको होला। तर, निर्णय भएको छैन। उहाँले पर्सि बस्ने बैठकले निर्णय गर्ला भनेर भन्नु भएको होला,' गौतमको प्रतिक्रियाको विषयमा सोधिएको प्रश्नमा उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell