PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • ओली-प्रचण्ड मिलाउन दोस्रो तहका नेताहरुको दौडधुप, प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडान कायमै

    ओली-प्रचण्ड मिलाउन दोस्रो तहका नेताहरुको दौडधुप, प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडान कायमै

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो तहका नेताहरुले विवाद मिलाउन सक्रियता बढाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच समझदारी बनाउनका लागि नेताहरु दौडधुप जारी छ। सोमवार बिहान स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। त्यस्तै उनीहरुको छलफलपछि नेताहरु जनार्दन शर्मा, प्रभु शाह प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसअघि, आइतवार प्रधानमन्त्री तथा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताको डोरी चुडिएको छैन : प्रचण्ड, प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह

    पार्टी एकताको डोरी चुडिएको छैन : प्रचण्ड, प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान नभए पनि केही मत्थर भने भएको छ। गत मंसिर ३ गतेको सचिवालय बैठकपछि नेताहरुको गुटगत भेला पातलिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पाटी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरे। प्रचण्डले आज पार्टीको पछिल्लो घटानक्रमबारे  नेताहरुसँग कुराकानी गरेका हुन्। पौडेल र नेम्वाङसँगको छलफलपछि…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा पुस्तान्तरण : ओलीको तुरुप कि नेतृत्वको सुझबुझपूर्ण निर्णय?

    नेकपामा पुस्तान्तरण : ओलीको तुरुप कि नेतृत्वको सुझबुझपूर्ण निर्णय?

    काठमाडौं : नेपालका राजनीतिक दलमा बेला-बेलामा नेतृत्व अर्को पुस्तालाई हस्तान्तरणको बहस हुनु सामान्य हो भलै त्यो व्यवहारमा लागू हुन कठिन छ। पार्टीमा पुस्तान्तरको विषय अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘हट केक’ बनेको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व नयाँलाई दिनुपर्ने विषय उठान गरेर गर्मिएको राजनीतिमा ‘पासा’ फ्याँकेका छन्। के उनी पुस्ता हस्तान्तरण गर्न चाहन्छन् कि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादको रोडम्याप : किचलो लम्बिने, तलसम्मै विवाद पुग्दा पर्साको घटना नदोहोरियोस्

    नेकपा विवादको रोडम्याप : किचलो लम्बिने, तलसम्मै विवाद पुग्दा पर्साको घटना नदोहोरियोस्

    काठमाडौं: बुधबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक एक घण्टा ४५ मिनेटमा नै सकियो। बैठकले मंसिर १३ गते पुन: सचिवालय बैठक राख्ने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्षले पेस गरेको दस्तावेजलाई आरोपको पुलिन्दाको संज्ञा दिएर बुँदागत जवाफ दिने भन्दै त्यसका लागि समय माग गरेका थिए। सोही अनुरुप पार्टीको सचिवालयको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको 'लाञ्छनापत्र'को प्रत्युतर दिन ओलीले मागे समय, महासचिव पौडेलले उठाए सचिवालयको औचित्यमा प्रश्न

    प्रचण्डको 'लाञ्छनापत्र'को प्रत्युतर दिन ओलीले मागे समय, महासचिव पौडेलले उठाए सचिवालयको औचित्यमा प्रश्न

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको पत्रलाई 'लाञ्छना पत्र' भन्दै त्यसलाई स्वीकारेर बस्न नसक्ने बताएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्रीले दाहालको लाञ्छनापत्रलाई बुँदागत रुपमा जवाफ दिन चाहेको बताए। 'म बुदागत जवाफ दिन्छु, समय चाहिन्छ,' प्रधानमन्त्री ओलीले बैठकमा भने। यता पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठक एक-दुई दिन सार्न बालुवाटारको प्रस्ताव, प्रचण्ड पक्षको ठाडै अस्वीकार

    सचिवालय बैठक एक-दुई दिन सार्न बालुवाटारको प्रस्ताव, प्रचण्ड पक्षको ठाडै अस्वीकार

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका विषयमा बालुवाटार र खुमलटारमा नेताहरु छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड छुट्टाछुट्टै परामर्शमा लागेका हुन्। पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्नुपर्ने पक्षमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एकता गम्भीर मोडमा, प्रचण्डले पेश गरेको दस्ताबेजमाथि सामाजिक सञ्जालमा नेताहरुको दोहोरी

    नेकपा एकता गम्भीर मोडमा, प्रचण्डले पेश गरेको दस्ताबेजमाथि सामाजिक सञ्जालमा नेताहरुको दोहोरी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कलह चरम उत्कर्षमा पुगेको छ। दुई अध्यक्षले एक अर्कालाई दोषी देखाउँदै जारी गरेका 'पत्र जुहारी'ले विवाद थप छरपष्ट बनाएको छ। ओलीका कमजोरी समावेश गरेर प्रचण्डले बिहीवारको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। दुई अध्यक्षको पत्रको विषयमा सामाजिक सञ्जालमा नेताहरुबीच दोहोरी नै चलिरहेको छ। ओली…

    विस्तृतमा पढ्नुस्

  • दुई दिने 'डेडलाइन'मा डाकिएला त नेकपा सचिवालय बैठक? अल्टिमेटमलाई ओलीको के होला जवाफ?

    दुई दिने 'डेडलाइन'मा डाकिएला त नेकपा सचिवालय बैठक? अल्टिमेटमलाई ओलीको के होला जवाफ?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाउन माग गर्दै दुई पाने लिखितपत्र नै बोकेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालयका बहुमत सदस्य शनिवार बालुवाटार पुगे। बारम्बार बैठकको माग गर्दा पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाक्न अस्वीकार गरेको भन्दै सहमतिका लागि बालुवाटार पुगेका नेताहरु बिना निष्कर्ष नै फर्किए।  प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार पुगी प्रचण्ड, झलनाथ, माधवले सचिवालयको बैठक माग्दा जंगिए ओली : मेरा विरुद्ध लाग्ने? बैठक किन चाहियो?

    बालुवाटार पुगी प्रचण्ड, झलनाथ, माधवले सचिवालयको बैठक माग्दा जंगिए ओली : मेरा विरुद्ध लाग्ने? बैठक किन चाहियो?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पार्टीभित्रको किचलो गिजोलिन थालेको एकता प्रक्रियादेखि नै शुरु भएको हो। पछिल्लोपटक भने एकतामै प्रश्नचिन्ह उठ्ने गरी नेताहरुबीच शीतयुद्ध शुरु भयो। पार्टीका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर लानेसम्मको सुझाव दिन भ्याए। यसपछि प्रधानमन्त्रीको राजीनामा मागिएको कुरा आए। प्रधानमन्त्री ओलीले अहिले आफूले राजीनामा दिन सक्ने अवस्था नरहेको…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, गएनन् प्रम ओली, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा

    धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, गएनन् प्रम ओली, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा

    काठमाडौं : पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली र महासचिव विष्णु पौडेलसँगै उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित छन्। प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित नहुने जनाइसकेका थिए। ३ बजेलाई डाकिएको बैठकमा अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र…

    विस्तृतमा पढ्नुस्

  • ओली र माधव मिलाउन मियो बन्न सक्लान् प्रदीप नेपाल?

    ओली र माधव मिलाउन मियो बन्न सक्लान् प्रदीप नेपाल?

    काठमाडौँ: पार्टी विवाद बढ्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले गुटको समीकरण भत्काउन प्रयास जारी छन्। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद जारी रहँदा निर्णायक मानिएका वरिष्ठ नेता माधवकुमार नेपाल मौन छन्। नेपाल दुबै पक्षको चेपुवामा छन्। पछिल्लो समय विवादमा अध्यक्ष प्रचण्डलाई साथ दिइरहेका नेपाल हालको विवादमा मौन छन्। नेपाललाई फकाउन यतिबेला ओली समूह सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डले सकेनन् अब नेतृत्व छोड्नुपर्छ : हरिबोल गजुरेल [अन्तर्वार्ता]

    ओली-प्रचण्डले सकेनन् अब नेतृत्व छोड्नुपर्छ : हरिबोल गजुरेल [अन्तर्वार्ता]

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यतिबेला उत्कर्षमा छ। पार्टी विवादमा युद्ध विराम भएको दुई महिना नबित्दै शक्ति संघर्षले पार्टी फेरि फुटको संघारमा पुगेको नेताहरू बताउन थालेका छन्। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटघाट लगायतका विवाद चरम रूप लियो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको अझमदारीले नेता कार्यकर्तामा पार्टी विभाजन…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादमा निर्णायक रहेका माधव नेपाल किन छन् मौन?

    नेकपा विवादमा निर्णायक रहेका माधव नेपाल किन छन् मौन?

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्ति संघर्ष चुलिँदै जाँदा वरिष्ठ नेता माधवकुमार नेपाल मौन छन्। कतिपयले वर्तमान संकट टार्ने भावी प्रधानमन्त्रीका रूपमा प्रचार गर्दै गर्दा नेपालले प्रधानमन्त्रीबारे आफ्नो नाममा विमर्श गर्ने समय नआएको प्रतिक्रिया दिएका छन्। मौनतामा रहेका नेपाल यतिबेला शक्ति संघर्षमा रहेका दुबै पक्षका लागि आवश्यक छन्। दुबै पक्ष फकाउने दाउमा पनि। तर, नेपाल पक्षीय नेताहरूले उनलाई…

    विस्तृतमा पढ्नुस्

  • गुटका कारण ‘विवादको महासंघ’ बन्दै नेकपा, दुई अध्यक्षबीच फेरि बढ्यो दुरी

    गुटका कारण ‘विवादको महासंघ’ बन्दै नेकपा, दुई अध्यक्षबीच फेरि बढ्यो दुरी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी कमिटी बैठकले मल्हम लगाएको विवाद झाँगिदै गएको छ। गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले विवाद समाधान गरी पार्टी विधि र पद्धतीमा चल्ने प्रस्ताव पारित गरेपनि विवाद झनै चर्किएको हो। नेकपामा राजदुत नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन, कर्णालीमा अविश्वासको प्रस्ताव प्रकरण, भारतीय गुप्तचर संस्था रअ प्रमुखको प्रधानमन्त्रीसँगको भेट लगायतका विषयले विवाद थपेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको उपचार जनता आफैँले गर्नुपर्ने, जनप्रतिनिधिलाई भने दशैं भत्ता? यी सांसदले गरे फिर्ता

    कोरोनाको उपचार जनता आफैँले गर्नुपर्ने, जनप्रतिनिधिलाई भने दशैं भत्ता? यी सांसदले गरे फिर्ता

    काठमाडौं : कोरोना महामारीका बेलामा पनि जनप्रतिनिधिहरुले दशैं भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि संघीय संसदका सांसदहरुले भत्ता फिर्ता गर्न थालेका छन्। सरकारले कोरोनाको उपचार नागरिक आफैँले गर्नुपर्ने नियम ल्याएको र भत्ता पनि बाँडेको भन्दै विरोध भइरहेको छ। यसबीच केही सांसदहरुले परिस्थिति प्रतिकूल भएको भन्दै भत्ता नलिने घोषणा गरेका हुन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले भने, ‘विवाद दुई अध्यक्षले मिलाउँछौँ, तत्काल काठमाडौं नछोड्नु’

    प्रधानमन्त्री ओलीले भने, ‘विवाद दुई अध्यक्षले मिलाउँछौँ, तत्काल काठमाडौं नछोड्नु’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर छिट्टै निर्णयमा पुग्ने बताएका छन्। कर्णाली प्रदेशकाे विवादबारे ओलीले आज बालुवाटारमा भएको छलफलमा यस्तो बताएका हुन्। छलफलमा  ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाह, प्रदेश सभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली विवाद: नेकपा अध्यक्षद्वयसँग छलफल अनिश्चित भएपछि नेताहरु काठमाडौंमा अलपत्र, प्रचण्डले गरे कँडेलपक्षसँग छलफल

    कर्णाली विवाद: नेकपा अध्यक्षद्वयसँग छलफल अनिश्चित भएपछि नेताहरु काठमाडौंमा अलपत्र, प्रचण्डले गरे कँडेलपक्षसँग छलफल

    काठमाडौं : कर्णाली विवादबारे नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बोलावटपछि काठमाडौं आएका नेताहरु वार्ताको टुंगो नभएपछि अलपत्र परेका छन्। बिहीवार छलफल गर्नेगरी गत मंगलवार अध्यक्षद्वय ओली र प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित प्रदेश कमिटीका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका थिए। तर, हालसम्म छलफलको मिति र समय निर्धारण भइसकेको छैन्। काठमाडौंमा रहेका नेताहरु हाल बेग्लाबेग्लै छलफलमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रचण्ड र नेपाल असन्तुष्ट, ईश्वर पोखरेलको जिम्मेवारी किन खोसियो ?

    मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रचण्ड र नेपाल असन्तुष्ट, ईश्वर पोखरेलको जिम्मेवारी किन खोसियो ?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद साम्य भएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बुधवार पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली निकटले मात्रै स्थान पाएका छन्। जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थान पाएका छैनन्। ओलीले सहमति विपरित गएर  मन्त्रिपरिषद् विस्तार गरेपछि प्रचण्ड असन्तुष्ट बनेको बताइएको छ। स्थायी कमिटी बैठक  र सचिवालय…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा फेरि 'डेट एक्सपाएर' हुँदै एकतालाई पूर्णता दिने भाका : मोडियो छलफलको एजेण्डा, किन हुँदैन निर्णय कार्यान्वयन?

    नेकपामा फेरि 'डेट एक्सपाएर' हुँदै एकतालाई पूर्णता दिने भाका : मोडियो छलफलको एजेण्डा, किन हुँदैन निर्णय कार्यान्वयन?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतालाई पूर्णता दिने भन्दै पछिल्लो पटक राखेको 'भाका' नजिकिँदै छ। नेकपाले २०७५ जेठ ३ गते ३ महिनाभित्रै एकताका बाँकी काम सक्ने उद्घोष गरेको थियो। तर, २८ महिना बितिसक्दा पनि एकता पूर्ण हुन सकेको छैन। बरु, यस अविधिमा नेकपा फुटको संघारबाट गुज्रियो। लामो अन्यौलतापछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको मुख्यमन्त्री शाहीविरुद्धको प्रस्ताव फिर्ता गराउन ओलीलाई प्रचण्डको आग्रह, बालुवाटार अघि खुमलटारमा नेपालसहितका नेताको भेला

    कर्णालीको मुख्यमन्त्री शाहीविरुद्धको प्रस्ताव फिर्ता गराउन ओलीलाई प्रचण्डको आग्रह, बालुवाटार अघि खुमलटारमा नेपालसहितका नेताको भेला

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आएको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको छ। सोमबार बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई उक्त प्रस्ताव फिर्ता गराउन आग्रह गरेका हुन्। आइतवार नेकपाकै १८ सांसदले शाहीविरुद्ध संसदीय दलमा बुझाएको अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। भेटमा प्रचण्डले शाहीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी एकता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell