A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b6538ab648.26309772): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b6538ab648.26309772,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सचिवालय बैठक एक-दुई दिन सार्न बालुवाटारको प्रस्ताव, प्रचण्ड पक्षको ठाडै अस्वीकार
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

सचिवालय बैठक एक-दुई दिन सार्न बालुवाटारको प्रस्ताव, प्रचण्ड पक्षको ठाडै अस्वीकार



कुञ्जरमणि भट्टराई

सचिवालय बैठक एक-दुई दिन सार्न बालुवाटारको प्रस्ताव, प्रचण्ड पक्षको ठाडै अस्वीकार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका विषयमा बालुवाटार र खुमलटारमा नेताहरु छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड छुट्टाछुट्टै परामर्शमा लागेका हुन्।

पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्नुपर्ने पक्षमा पुगेका छन्। प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु जसरी पनि बैठक राख्ने पक्षमै अडिग छन्।

प्रधानमन्त्रीले आज बिहान महासचिव विष्णु पौडेललाई सचिवालय बैठक सार्ने प्रस्ताव पठाएका थिए। तर, प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गर्दै बैठकमार्फत् नै अघि बढ्नुपर्ने जवाफ महासचिवलाई दिएको स्रोतले बतायो।

'महासचिवले एक- दुई दिन सचिवालय बैठक सारौं भन्ने प्रस्ताव गर्नुभएको रहेछ। तर, अध्यक्षले बुधवार बैठक बसौं। त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला भन्ने कुरा राख्नुभएको छ,' प्रचण्ड निकट ती नेताले भने।

पौडेल खुमलटारबाट फर्किएपछि अहिले ओली निकट नेताहरुसँग बालुवाटारमा परामर्श गरिहेका छन्। महासचिव पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु बालुवाटारमा छलफलमा छन्।

उता, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि परामर्श तीव्र बनाएका छन्। उनले मंगलवार नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतलाई खुमलटार बाेलाएका छन्।

पूर्व माओवादी खेमाका रायमाझी र पौडेलले सोमवार राती प्रधानमन्त्री ओलीसँग पनि भेट गरेका थिए। उनीहरुले ओलीलाई पनि दुवै अध्यक्ष मिलेर अघि बढ्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell