PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली विवाद: नेकपा अध्यक्षद्वयसँग छलफल अनिश्चित भएपछि नेताहरु काठमाडौंमा अलपत्र, प्रचण्डले गरे कँडेलपक्षसँग छलफल



कुञ्जरमणि भट्टराई

कर्णाली विवाद: नेकपा अध्यक्षद्वयसँग छलफल अनिश्चित भएपछि नेताहरु काठमाडौंमा अलपत्र, प्रचण्डले गरे कँडेलपक्षसँग छलफल

काठमाडौं : कर्णाली विवादबारे नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बोलावटपछि काठमाडौं आएका नेताहरु वार्ताको टुंगो नभएपछि अलपत्र परेका छन्।

बिहीवार छलफल गर्नेगरी गत मंगलवार अध्यक्षद्वय ओली र प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित प्रदेश कमिटीका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका थिए। तर, हालसम्म छलफलको मिति र समय निर्धारण भइसकेको छैन्। काठमाडौंमा रहेका नेताहरु हाल बेग्लाबेग्लै छलफलमा छन्।

शुक्रवार अध्यक्ष प्रचण्डले शाहीविरुद्ध अविश्वासको प्रस्तादर्ताको नेतृत्व गरेका कर्णाली प्रदेश सह-इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल पक्षका नेताहरुसँग छलफल गरेका छन्।

बिहीवार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहितका नेतासँग छलफल गरेका प्रचण्डले शुक्रवार कर्णालीमा असन्तुष्ट पक्षसँग छलफल गरेका हुन्। शुक्रवारको छलफलमा निलम्बनमा परेका कँडेल पक्षका गुलाबजंग शाहसहितका नेताहरु सहभागी थिए।खुमलटारमा भएको छलफलमा प्रचण्डले कर्णाली समस्याबारे जानकारी लिएका हुन्।

'अध्यक्षले उहाँहरुको कुरा सुन्नुभयो। त्यहाँ भएको विवादबारे उहाँहरुले बिफ्रिङ गर्नुभएको थियो' प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

 कर्णाली विवादबारे दुई अध्यक्षसँग संयुक्त भेट कहिले हुन्न भन्ने बारेमा अहिलेसम्म निश्चित भइनसकेको सापकोटाले बताए।

बिहीवार अध्यक्ष प्रचण्डले शाहीसहितका नेताहरुसँग छलफल गर्दा कँडेलपक्षका नेता भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा थिए। बिहीवार धुम्बाराहीमा छलफल गर्ने भनेपछि उनीहरु त्यहाँ पुगेका थिए।

नेता कँडेलले छलफल अनिश्चित भएकाले आफू बेरोजगार भएर चिया पिउँदै गरेको सुनाए।

' केही छैन बेरोजगार भएर चिया पिउँदैछु, उनले भने।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध गत आइतवार नेकपाकै १८ सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा बुझाएका थिए। मंगलवारको आन्तरिक छलफलमा मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सचेतकसहित तीन मन्त्री दिने विषयमा सहमति बनेको थियो। यससँगै नेपाल पक्षका सांसदहरु भने ब्याक भएपछि मुख्यमन्त्री शाहीमाथि आएको संकट टरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell