PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, गएनन् प्रम ओली, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा



कुञ्जरमणि भट्टराई

धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, गएनन् प्रम ओली, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा

काठमाडौं : पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली र महासचिव विष्णु पौडेलसँगै उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित छन्।

प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित नहुने जनाइसकेका थिए। ३ बजेलाई डाकिएको बैठकमा अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। 

नेकपामा विवाद चर्किँदै जाँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने कुनै पनि बैठकमा सहभागी हुने मूडमा छैनन्। प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले बैठक बोलाउन माग गरे पनि उनले नकार्दै आएका छन्। 

आजको बैठकमा गृहमन्त्री समेत रहेका थापा उपस्थित हुने भनिएको थियो। तर, उनी पनि अनुपस्थित छन्। 

नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी छन्।

प्रचण्डको सचिवलयका अनुसार छलफलमा ओलीलाई पनि बोलाइएको थियो। तर, प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले त्यसलाई बैठक नै नमिल्ने दाबी गरेका थिए।

'बैठक बेलाउनका लागि दुई अध्यक्षबीच सहमति हुनुपर्छ। सहमति भएको नै छैन। उहाँहरु घरमा कोठमा कता-कता बस्नुहुन्छ,' सल्लाहकार थापाले भने, 'त्यसैको निरन्तरता हो। त्यो बैठक होइन।'

नेकपा कार्यालयका सचिव श्रीराम ढकालले पनि सचिवालय सदस्यहरु भेटघाटका गर्न लागेको बताए। 
'बैठकभन्दा पनि सचिवालयका कमरेडहरुले भेटघाट गर्न लाग्नुभएको हो,' ढकालले भने।

बिहीवार प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। तर,उत्कर्षमा पुगेको विवादबारे समहति हुन सकेको छैन। दुवै पक्षबीच कटाक्ष जारी छ। 

हिजोको भेटमा अध्यक्ष प्रचण्डले ओलीको अभिव्यक्तिमाथि प्रश्न गरेका थिए भने ओलीले प्रचण्डको कार्यशैलीमाथि। हिजोको भेटमा प्रचण्डले पार्टी कमिटीको बैठक राख्न माग गरेका थिए। तर, बैठक राख्न ओली तयार नभएको नेताहरु बताउछन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell