PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

ललित स्मृति यू-१८ च्याम्पियनसिप : ब्रिगेडले जित्यो लगातार दोस्रो पटक उपाधि



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : ब्रिगेडले जित्यो लगातार दोस्रो पटक उपाधि

काठमाडौं : ब्रिगेड ब्वाइज क्लब बीबीसीले लगातार दोस्रो पटक ललित स्मृति यू-१८ च्याम्पियनसिपको उपाधि जितेको छ।

आइतवार सम्पन्न चौथो संस्करणको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै बीबीसीले उपाधि रक्षा गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा बीबीसीले पहिलो पटक फाइनल पुगेको पुलिसलाई १-० ले हरायो। बीबीसीको जितमा बृजेश चौधरीले एक मात्र गोल गरे। समूह चरणमा पनि बीबीसीले पुलिसलाई हराएको थियो।

च्याम्पियन बीबीसीले ट्रफी र नगद ३ लाख हात पार्दा उपविजेता पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो।

अखिल नेपाल फुटबल संघ एन्फाको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यस प्रतियोगिता आयोजना गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell