PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रहरी अप्रेसनः शरीर चेक गर्दा कम्मरमा बेरिएको दुई किलो सुन फेला पर्‍यो



पहिलोपोस्ट

प्रहरी अप्रेसनः शरीर चेक गर्दा कम्मरमा बेरिएको दुई किलो सुन फेला पर्‍यो

काठमाडौः अवैध तरिकाबाट ल्याएको दुई किलो सुन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले शनिवार राति रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रेबेशी घर भएका १७ वर्षीय भीमबहादुर तामाङलाई नियन्त्रण लिएको हो।

शनिवार राति करिब ९ बजे भैरहवाबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख ६५२  नम्बरको यात्रु बाहक बसलाई नागढुंगामा चेक गर्दा तामाङको साथबाट सुन बेला परेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। कालो टेपले बेरेर सेतो पोलिथिनमा राखी सेतोमा रातो बुट्टा भएको कपडालाई कम्मरमा बाँधेर तामाङले सुन ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले तामाङको साथबाट बरामद गरेको सुन ६ सेन्टिमिटर लम्बाई र ११ सेन्टिमिटर गोलाई भएको छ। तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell