PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मापदण्ड विपरित सञ्चालन गरिएका सुर्खेतका औषधी पसल र ल्याबमा शिलबन्दी 



पी बी खड्का

मापदण्ड विपरित सञ्चालन गरिएका सुर्खेतका औषधी पसल र ल्याबमा शिलबन्दी 

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अबैध रुपले सञ्चालन गरिएका औषधी पसल, क्लिनिक, तथा प्रयोगशाला शिलबन्दी गरिएको छ। आइतवार जिल्ला संयुक्त बजार अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालन गरिएका विभिन्न ५ वटा प्रयोगशाला र औषधी पसलमा शिलबन्दी गरिएको हो।
 
अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माका अनुसार नीजि क्लिनिकले अवैधरुपमा कुनै पनि मापदण्ड पुरा नगरी सञ्चालन गरेकाले शिलबन्दी गरिएको हो।
 
उनका अनुसार राना पोलिक्लिनिक तथा डाइनोष्टिक, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकल हल तथा प्याथोलोजी, शिवविहार मेडिकल हल र रम्बादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसीमा तालाबन्दी गरिएको छ।
 
‘कुनै मापदण्ड नै पुरा नगरी अनुमती विना ल्याव सञ्चालन गरेकाले शिलबन्दी गरिएको छ,’ उनले भने,‘शिलबन्दी गरिएका ल्याब सञ्चालकलाई आवश्यक प्रक्रियाका लागि जिल्ला प्रशासनमा सम्पर्क गर्न भनेका छौँ।’

उनका अनुसार दर्ता नभएका मेडिकल, औषधी विभागमा मात्र दर्ता गरी प्रयोगशाला सञ्चालन गरेका, मेडिकल दर्ताको ग्रेड अनुसार सञ्चालन नभएका, जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्री गरेको, ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार नगरी रगत, पिसाब, दिसा, खकार लगायत जाँच गर्ने गरेको लगाएतका कमीकमजोरी भेटीएकाले आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको छ।

गत असार १९ गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला विभागबाट अनुगमनका लागि आएको केन्द्रिय विभागका निर्देशक डा. रुण झा नेतृत्वको टोलीले यस अघि पनि विभिन्न औषधी पसल र प्रयोगशालाहरुमा शिलबन्दी गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell