PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

कसले जित्ला यो ट्रफी?, जित्ने टिम पुग्नेछ टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा



पहिलोपोस्ट

कसले जित्ला यो ट्रफी?, जित्ने टिम पुग्नेछ टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा
Photo : Raman Shiwakoti

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर २०१९ को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ। सिंगापुरमा क्वालिफायर सुरु हुनु एक दिनअघि ट्रफी आइतवार सहभागि ५ टिमका कप्तानबीच सार्वजनिक गरिएको हो।

जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुने यस क्वालिफायरमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। राउण्ड रोविनका बधारमा हुने यस क्वालिफायरमा सबै टिमले एक आपसमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ। सोही टिमले यो ट्रफी जित्नेछ र अक्टोबर/नोभेम्बरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। युएईमा हुने क्वालिफायर सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि अन्तिम चरणको क्वालिफायर समेत हो।

सिंगापुरमा हुने एसियाली क्वालिफायरको सबै खेलले टी २० अन्तर्राष्६रियको मान्यता पाउनेछ। क्वालिफायरमा सहभागि ५ मध्ये नेपाल मात्र ओडिआई मान्यता भएको राष्ट्र हो।

क्वालिफायरमा नेपालसहित सिंगापुर, मलेसिया, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेल सोमवार घरेलु टोली सिंगापुर र कतारबीच खेल हुनेछ। यस्तै कुवेत र मलेसिया पनि सोमबारै भिड्नेछन्। नेपालले पहिलो खेल मंगलवार कतारसँग खेल्नेछ।

टी २० वरीयतामा ११औं स्थानमा रहेको नेपाल यस क्वालिफायरमा उपाधिको सबैभन्दा ठूलो दाबेदार टोली हो। वरीयतामा अगाडि रहेकोले पनि नेपालको लागि विजेता बन्नै पर्ने दबाब छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell