
काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपालको (राजपा) अध्यक्ष मण्डलको संयोजक हेरफेर भएको छ। आलोपालो रुपमा अध्यक्ष मण्डलको संयोजक तोकिएको राजपामा राजकिशोर यादवलाई नयाँ संयोजक तोकिएको हो।
आजदेखि पार्टीको अध्यक्ष मण्डल संयोजकमा यादव चयन भएका हुन्। यसअघि अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए।
०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए। लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा चक्रीय प्रणालीमा सहमति भएको थियो।
अहिले दुई/दुई महिनामा संयोजक फेरिने सहमति अनुसार यादव संयोजक चयन भएका हुन्।