PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

टी २० विश्वकप क्वालिफायर : सिंगापुरको विजयी सुरुवात



पहिलोपोस्ट

टी २० विश्वकप क्वालिफायर : सिंगापुरको विजयी सुरुवात

काठमाडौं : आइसीसि टी २० विश्वकप एसिया फाइनल क्वालिफायरमा घरेलु टोली सिंगापुरले विजयी सुरुवात गरेको छ।

आजदेखि सुरु भएको क्वालिफायसरको पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले हरायो। जितपछि सिंगापुरले २ अंक जोडेको छ।

सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। जवाफमा कतारले २० ओभर खेल्दै ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।

सिंगापुरका लागि एस चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाए। यस्तै टि डेभिडले ३८, मनप्रित सिंहले ३४ तथा आर रोहनले ३२ रन जोडे। कतारका इकवाल हुसेनले ४ र नोउमन सर्वारले २ विकेट लिए।

कतारका लागि ब्याटिङमा कप्तान तमुर सज्जादले सर्वाधिक ३४ रन बनाउँदा विकेटकिपर मोहम्मद रिजलानले नटआउट ३३ रन जोडे। यस्तै फैसल जाभेदले २९ र मुहम्मद तनविरले २६ रन जोडे। सिंगापुरका जनक प्रकाश र कप्तान अमजाद महबुबले ३-३ विकेट लिए।

आजै मलेसिया र कुवेतबीच पनि खेल हुँदैछ। एसियका ५ राष्ट्र सम्मिलित यस क्वालिफायरमा नेपालले पहिलो खेल भोली कतारसँग खेल्नेछ।

राउण्ड रोविन लिग पछि अंक तालिकामा शीर्ष स्थानमा रहने टोली विजयी बन्दै युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell