PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु



रासस

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

फिदिम: पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।

टारीका स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सेटिङ निकाल्ने क्रममा पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको हो। घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्न प्रयास गरिरहेको छ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएकाले सेटिङ निकाल्दा छत खसेको र छतले किचेर  उनीहरुको मृत्यु भएको हो। उक्त स्थानमा बनाउन लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell