PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चीनसँग कुनै गोप्य सैन्य सम्झौता भएको छैन: कम्बोडियाली प्रधानमन्त्री हुन सेन



रासस

चीनसँग कुनै गोप्य सैन्य सम्झौता भएको छैन: कम्बोडियाली प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह: कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग कुनै पनि गोप्य सैन्य सम्झौता नगरेको प्रष्ट्याएका छन्।

कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एउटा सैनिक शिवर चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिने गोप्य सम्झौता चीनसँग गरेको समाचार हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले छापेको थियो।

वाल स्ट्रिट जर्नलको समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामको एउटा अर्को समाचार समितिलाई दिएको अन्तर्वार्तामा बताएका छन्।

आफूले चीनसँग सैन्य सम्बन्धमा कुनै पनि सम्झौता नगरेको र वाल स्ट्रिट जर्नलको सो समाचार भ्रामक र झूठो रहेको दाबी गर्दै उनले भने, 'यो एकदमै भ्रामक खबर हो, कम्बोडियामा कुनै पनि विदेशी सेनाको क्याम्प रहने छैन र कम्बोडियाको संविधानले नै यसो गर्न वर्जित गरेको छ।'

उनले वाल स्ट्रिट जर्नलको समाचार कम्बोडियाको पूर्णतः विरोधमा रहेको आरोप लगाए। 'त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौँ', उनले प्रश्न गरे, 'हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो?'

कम्बोडियाले देशमा विदेशी सेनाके उपस्थितिको कुनै आवश्यकता महसुस नगरेको प्रधानमन्त्री हुन सेनको भनाइ थियो। उनले भने, 'यस विषयमा चिनियाँ नेताहरुसँग कुनै पनि कुरा भएकै छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell