PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, पारस र ज्ञानेन्द्र ओपनिङमा



पहिलोपोस्ट

कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, पारस र ज्ञानेन्द्र ओपनिङमा

काठमाडौँ: आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा अहिले कतारसँग खेलिरहेको छ। 

सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको  छ। मैदानको अवस्थाका कारण केही ढिलो गरी भएको टसमा नेपालले टस जित्दै ब्याटिङ रोजेको हो।

नेपालको प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरीले पुनरागमन गरेका छन्। काठमाडौँमा भएको प्रधानमन्त्री कप क्रिकेटका बेला औँलामा चोट लागेपछि दीपेन्द्रलाई पूर्ण रुपमा फिट हुन समय लागेको हो। मलेसियामा नेपालले दुई खेल खेल्दा उनी टिम बाहिरै थिए।

यस्तै दीपेन्द्रले टिममा स्थान बनाउँदा पवन सर्राफ, प्रदीप ऐरी र रोहित कुमार पौडेल भने पहिलो रोजाईँमा पर्न सकेनन्। यसको अर्थ अब कप्तान पारससँग उपकप्तान ज्ञानेन्द्र मल्ले ओपनिङ सम्हाल्ने लगभग पक्का छ।

यस्तै नेपालले एकै पटक तीन स्पिनर र तीन फास्ट बलर खेलाउने भएको छ। स्पिनमा वसन्त रेग्मी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी छन् भने सिममा सोमपाल कामी, करण केसी र अभिनाश बोहरा छन्।

मध्यक्रममा शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell