PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्कियो, चालकको मृत्यु



पहिलोपोस्ट

पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्कियो, चालकको मृत्यु

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन्।

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना ४२ प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना ५ ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो। ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुसाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र ट्रक प्रहरी नियन्त्रणमा रहेका छन् भने ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell