PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अज्ञात समूहद्वारा डोटीमा वडा कार्यालयमा आगजनी



रासस

अज्ञात समूहद्वारा डोटीमा वडा कार्यालयमा आगजनी
प्रतिकात्मक तस्बिर

डोटी: जिल्लाको जोरायल गाउँपालिका ४ लक्ष्मीनगरस्थित वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गएराति करीब १ बजे आगजनी गरेको हो।

आगजनी किन र कसले ग-यो अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताए। उनले भने, 'घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग-यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।'

आगजनीबाट वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सबै कागजपत्र र सामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताए। उनले भने, 'आगजनीबाट म र वडासचिव बस्ने कोठाका सबै सामान जलेका छन्, कसले जलायो अहिलेसम्म थाहा पाइएको छैन।' विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell