A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a807609a3b466.51574627): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a807609a3b466.51574627,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a807609a41768.34604867): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a807609a41768.34604867,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कतारसँग हार : पारसलाई चोट, नेपाललाई चुनौती
PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कतारसँग हार : पारसलाई चोट, नेपाललाई चुनौती



गोविन्दराज नेपाल

कतारसँग हार : पारसलाई चोट, नेपाललाई चुनौती
Photo Credit : Cricketingnepal

काठमाडौं : टी २० वर्ल्डकप क्वालिफायर एसिया फाइनलको तयारीका लागि मलेसियामा जानुअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका थिए, 'टी-२० फर्म्याट नै यस्तो हो कि खेलको दिन जसले जसलाई पनि हारउन सक्छ।' उनको आशय थियो जसले राम्रो खेल्छ उसैले जित्छ।

सिंगापुरमा हिजोबाट सुरु भएको एसिया क्वालिफायरमा पारसको भनाइ जस्तै भयो नेपालको अवस्था।

क्वालिफायर खेल्ने मध्ये वरीयतामा माथि ११औं स्थानमा तुलनात्मक रुपमा अन्य चार टोली भन्दा बलियो र एक दिवसीय मान्यता पाएको एक मात्र देश हो नेपाल।

तर यी सबैले कतार विरुद्ध केही भएन। २१औं वरीयतामा रहेको कतारले नेपालले अप्रत्यासित रुपमा ४ विकेटले हराइदियो।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाललाई कतारले उत्कृष्ट बलिङ र फिल्डिङ मद्दतमा २० ओभरमा १ सय २२ रनमा अलआउट गर्‍यो। नेपालका कुनै पनि खेलाडीले ४० रनको आँकडा पार गर्न सकेनन्।

जवाफमा कतारले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो र पहिलो जित हात पार्‍यो। उद्घाटन खेलमै सिंगापुरसँग ३३ रनले पराजित भएको कतारले पहिलो जितपछि युएईमा हुने ग्लोबल क्वालिफायर पुग्ने आशा कायमै राखेको छ। २ खेलबाट २ अंक जोडेको कतार मलेसियापछि दोस्रो स्थानमा छ।

उता मलेसियामा १० दिनको तयारी र २ खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेको नेपालले पहिलो खेलमा सोचेअनुसारको प्रदर्शन गर्न सकेन। पहिलो विकेटको लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गर्नुबाहेक उल्लेखनिय पक्ष केही रहेन। पारस र ज्ञानेन्द्रको साझेदारी पहिलो विकेटका लागि टी २०  अन्तर्राष्ट्रियमा नेपालको अहिलेसम्मको उच्च साझेदारी हो।

गत जेठमा काठमाडौंमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा औँलामा चोट लागेपछि पहिलोपटक खेलेका दिपेन्द्र सिंह ऐरीले नेपालको लागि सर्वाधिक ३४ रन बनाए। साथै उनले कतारका दुई खेलाडीलाई रनआउट गर्न उत्कृष्ट फिल्डिङ गरे। अन्य खेलाडीले ब्याटिङमा राम्रो गर्न सकेनन्।

अघिल्लो खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएका कतारका इक्वाल हुसेनले नेपालका ३ विकेट लिए।

विश्वभर टी २० फ्रेन्चाइज क्रिकेट खेलेर चर्चित बनेका सन्दीप लामिछानेले नेपालको लागि सर्वाधिक ३ वकेट लिएका थिए। तर उनी महँगा सावित बने। उनले ४ ओभरमा ३३ रन खर्चिए।

सिंगापुरका विजेता बन्दै क्वालिफायर पसग्ने लक्ष्य बनाएको नेपाललाई पहिलो खेलमै झड्का लागेपछि अब बाँकी तीन वटै खेल जित्नुपर्ने चुनौती छ। ५ राष्ट्रबीच राउण्ड रोविन लिगमा खेल भएपछि अंक तालिकामा धेरै अंक जोड्ने राष्ट्र विजेता हुँदै ग्लोबल क्वालिफायर पुग्नेछ।

हार सँगै नेपाललाई अर्को झड्का पनि लागेको छ। नेपालका कप्तान पारस खड्काले पहिलो इनिङ्समा ब्याटिङ गरेपनि दोस्रो इनिङ्समा भने उनी मैदानमा देखिएनन्। कम्मर दुखेका कारण पारसले फिल्डिङ र बलिङ गरेनन्। ब्याटिङ गर्दा देखि नै समस्या भएपनि उनले ब्याटिङ गरेको तर दोस्रो इनिङ्समा भने मैदान नउत्रिएका हुन्।

नेपाललाई ब्याटिङमा गतिलो सुरुवात दिलाउँदै आएका पारसको चोट नेपालको लागि थप समस्या बनेको छ।

पारसको अनुपस्थितिमा उपकप्तान ज्ञानेन्द्र मल्ले दोस्रो इनिङ्समा नेपालको लिड गरेका थिए।

अब नेपालले दोस्रो खेलमा भोलि नै मलेसियासँग खेल्नेछ। मलेसियालाई नेपालले उसैको मैदानमा भएको दुई टी २० अन्तर्राष्ट्रिय खेलमा हराएको थियो। तर मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। नेपालको लागि भने क्वालिफायर जित्नको लागि मलेसिया विरुद्धको खेल जित्नैपर्ने अवस्था छ। कप्तान पारस खड्काको अवस्था भोलिसम्म ठिक हुने वा नहुने अझै निश्चित छैन। पूर्ण रुपमा फिट नभए पारसले मलेसिया विरुद्ध खेल्ने सम्भावना समेत कम छ।

पारसले कतार विरुद्ध ओपनिङ गर्दै २८ रन बनाएका थिए। उनले १७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

क्वालिफायरमा नेपाल बाहेक कुवेत मात्र अंकविहिन छ। दुवैले एक-एक खेल हारेका छन्। सिंगापुर,कतार र मलेसियाले एक-एक खेल जित्दै समान २ अंक जोडिसकेका छन्।

नेपालले भोलि मलेसियासाग खेलेपछि शनिवार कुवेत र आइतवार सिंगापुरसँग खेल्नेछ। आजै सिंगापुर र कुवेतबीचको खेल पनि हुँदैछ। वर्षाका कारण खेल सुरु हुन ढिलाई भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell