
सुनिल नारिन र किरण पोलार्डले वेष्ट इन्डिज क्रिकेट टिममा पुनरागमन गरेका छन्। भारतसँग हुने टीन खेलको सिरिज मध्ये सुरुको दुई टी २० का लागि नारिन र पोलार्डलाई टिममा राखिएको छ।
अलराउण्डर कार्लोस ब्रेथवेइटको कप्तानीमा घोषणा भएको १४ सदस्यीय टिममा एन्थोनी ब्राम्लेले पहिलो पटक स्थान बनाएका छन्। नारिनले पछिल्लो पटक २०१७ मा मारुन टोलीका लागि खेलेका थिए। यस्तै पोलार्डले २०१८ मा भारत भ्रमण गरेका थिए। दुवै खेलाडी विश्वकप टिममा पर्न असफल भएका थिए। नारिन चोटका कारण विश्वकप टिममा पर्न सकेका थिएनन्।
टी २० लिगमा भने दुवै खेलाडीले नियमित खेलिरहेका छन्।
यस्तै ओडिआई विश्वकप दौरा चोटका कारण आउट भएका अलराउण्डर आन्द्रे रसेललाई पनि टिममा राखिएको छ। विश्वकप खेलेका क्रिस गेल भने ग्लोबल टी २० क्यानडा खेल्ने भएकोले टिमको लागि अभाइलेभल हुन सकेनन्। उनको स्थानमा ओपनर जोन क्याम्पबेल टिममा परेका छन्।
यस्तै ख्यारी पिएरेले पनि टिममा स्थान बनाएका छन्।
भारत विरुद्धको पहिलो दुई टी २० वेष्ट इन्डिजले अगष्ट ३ र ४ मा खेल्नेछ। दुवै खेल प्लोरिडास्थित लाउडेरहिलमा हुनेछ। तेस्रो टी २० भने गुएनामा अगष्ट ६ मा हुनेछ।
वेष्ट इन्डिज भ्रमणका लागि भारतले विराट कोहलीको कप्तानीमा टेष्ट, ओडिआई र टी २० का लागि टोली घोषणा गरिसकेको छ।
वेष्ट इन्डिज टिम : कार्लोस ब्रेथवेइट (कप्तान), एन्थोनी ब्राम्बले(विकेटकिपर), जोन क्याम्पबेल, शेल्डन कट्रेल, शिमरोन हेतमायर, एभिन लेविस, सुनिल नारिन, किमो पउल, ख्यारी पिएरे, किरण पोलार्ड, विकोलस पुरन (विकेटकिपर), रोभमन पावेल, आन्द्रे रसेल, ओसाने थोमस