PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

कतारसँगको हारले प्रशिक्षक विनोद दासको मनमा उब्जिएको प्रश्न



पहिलोपोस्ट

कतारसँगको हारले प्रशिक्षक विनोद दासको मनमा उब्जिएको प्रश्न

काठमाडौँ : विनोद दास, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान हुन्। अहिले उनी महिला राष्ट्रिय टिम र यू-१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा छन्। दासले राष्ट्रिय टोलीमा समेत एक पटक सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिकसेका छन्।

विशेष गरी दासलाई युवा खेलाडीहरुको प्रतिभा चिन्ने र नयाँ खेलाडीलाई मौका दिन सक्ने प्रशिक्षकको रुपमा लिइन्छ।

दासको प्रशिक्षणमा रहेको नेपाली यू-१९ टोलीले केही दिनअघि मलेसियामा एसीसी यू-१९ इस्टर्न रिजन टुर्नामेन्टको उपाधि जित्दै यू-१९ एसिया कपमा स्थान बनाइसकेको छ। त्यही टीमका कप्तान र उपकप्तान अहिले नेपाली सिनियर टोलीसँग सिंगापुरमा छन्। तर कप्तान रोहित कुमार पौडेल र उपकप्तान पवन सर्राफले मंगलवार कतार विरुद्ध खेल्न पाएनन्। उक्त खेलमा नेपाल ४ विकेटले पारजित भयो।

नेपालले पहिले ब्याटिङ गर्दै १२२ रन बनाएको थियो। कतारले ४ बल अगावै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै २ अंक जोड्यो।

जितपछि सबैतिर हाई-हाई हुन्छ र कमजोरीहरु बाहिर देखिँदैन। तर जब टिमले हार्छ तब के कमजोरी भयो,किन हारियो भन्ने जस्ता विषय बाहिर आउँछन् र कमजोरीहरु खोजिन्छ। साथै प्रश्नहरु समेत उठ्छ।

उनै विनोद दासले पनि कतारसँग नेपाल अप्रत्यासित रुपमा हारेपछि आफ्नो मन थाम्न सकेनन् र सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विचार व्यक्त गरेका छन्। साथै उनले प्रश्न समेत उठाएका छन्।

 

यस्तो छ प्रशिक्षक विनोदको चार प्रश्न:

१. पावरप्लेमा , मिडल अर्डर र डेथ ओभरमा कसले बलिङ् गर्छ?

२. के यो पिच ब्याटिङको लागि अझै अफ्ठ्यारो छ?

३. के हामीले २० ओभरको खेलमा ६ बलर+पारस खेलाउनु सही थियो?

४. के हामीले १२२ को टार्गेट रक्षा गर्न सक्छौं?

 

दासले यी प्रश्न राख्नुअघि आफ्नो मन केही प्रशन उब्जिएको तर राख्ने नराख्ने दोधारमा रहेको ट्वीट गरेका थिए। पछि त्यसमा विभिन्न कमेन्टहरु आएपछि दासले पछि प्रश्न राखेका हुन्। उनले आफूले यी प्रश्न गरिरहँदा नेपाली क्रिकेटको विकासकोलागि योगदान गरिरहेकाहरु प्रति सम्मान भएको पनि स्पष्टिकरण दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell