PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘दुबो फुल्यो’ माथि चोरीको आरोप



पहिलोपोस्ट

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘दुबो फुल्यो’ माथि चोरीको आरोप

काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको गीतमाथि चोरीको आरोप लागेको छ। यो गीत सोमवारमात्र रिलिज भएको हो।

संगीतकार आलोक श्रीले ‘दुबो फुल्यो’ बोलको गीत आफ्नो ‘कहिले फोटो सिरानीमा' गीतसँग मिलेको दाबी गर्दै चोरिएको बताए। ‘हाम्रो चलचित्र निर्माण टिमसँग सल्लाह भइरहेको छ। दुबो फुल्यो गीतको दुई लाइन हुबहु मेरै गीतसँग मिलेको छ। गीतको हिट लाइन नै त्यही हो,' आलोक श्रीले भने, 'गीतको मिठास नै त्यहीँ छ।'

उनले ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण टिम उनीसँग छलफलका लागि आउँदै गरेको जानकारी दिए।

फिल्मका निर्देशक रामबाबु गुरुङले भने गीत कसैको गीतसंगीतसँग नमिलेको बताएका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै लेखेका छन्- ‘यो समाचार चलचित्र निर्माण टिमले नै गीत मिल्न गयो भन्ने बखान गलत छ। संगीतकार एसडी योगीले मलाई दबाब आयो दाइ भनेपछि मैले आलोक श्रीलाई भेटेर कुरा गरौं भनेको हो। गीत मिल्यो मिलेन दुई संगीतकारलाई विशेष ज्ञान होला नै। मेरो लाटो कानले सुन्दा त मिल्दैन।’

साथै एउटा सर्जकले अर्का सर्जकलाई सम्मान गर्नुपर्ने समेत गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell