PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

उत्तर कोरियाली नेता किमले नयाँ पनडुब्बीको निरीक्षण गरे



रासस

उत्तर कोरियाली नेता किमले नयाँ पनडुब्बीको निरीक्षण गरे
उत्तर कोरियाली नेता किम जोङ उन अज्ञात स्थलमा नवनिर्मित पनडुब्बी निरीक्षण गर्दै। तस्बिर: एपी

प्योङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनले भर्खरै मात्र निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन्।

उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नवनिर्मित पनडुब्बी पूर्वी कोरियाली समुद्रमा तैनाथ गरिनेछ। यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।

केसिएनएका अनुसार नेता किमले उत्तर कोरियाको सैन्य क्षमता सुदृढ गर्न पनडुब्बीको सफल निर्माणले महत्वपूर्ण योगदान पु-याएको भन्दै पनडुब्बी निर्माण गर्ने टोलीलाई धन्यवाद दिए।

नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तीव्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell