
काठमाडौं : चीनको होहोट सिटी इन्नटर मंगोलियामा हुने ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१९ मा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बडिबिल्डिङमा ३ जना, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ गरी ९ खेलाडी सहभागि हुने नेपाल बडिबिल्डिङ एण्ड पिटनेश एसोसिएसनले जनाएको छ।
यस्तै २ जना अफिसियल र २ जना निर्णायक समेत टोलीमा रहनेछन्।
यसैगरी यही साउन ३१ देखि भदौ १ गतेसम्म एसिया प्यासिफिक बडिबिल्डिङ च्याम्पियनसिप २०१९ मा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
केही दिनअघि सम्पन्न १२औं दक्षिण एसियाली बडिबिल्डिङमा विजेता बनेका ३ खेलाडी सहित १ अफिसियललाई थाइल्याण्ड पठाउने संघले जनाएको छ। नेपालकोतर्फबाट पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण जितेका थिए। यस्तै नेपालका नरेश मुन्जिकारले पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा र मल्लिका शाक्यले महिलाको मोडल फिजिकमा स्वर्ण जितेका हुन्।