PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

मकवानपुरमा भीषण वर्षाः बाटो अवरुद्ध, गाडी खोलाले बगायो



पहिलोपोस्ट

मकवानपुरमा भीषण वर्षाः बाटो अवरुद्ध, गाडी खोलाले बगायो

हेटौँडाः मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय बाटा पुनः अवरुद्ध पारेको छ। बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ।

त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ। शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो। गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए।

पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए। “उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ”, उनले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell