
काठमाडौँः गत साताको बाढी र पहिरो र त्यसपछिको निरन्तर वर्षाका कारण केही मुख्य राजमार्गसहित आठ वटा सडक मार्ग अझै अवरुद्ध रहेका छन्। उदयपुर, पाँचथर, ललितपुर–मकवानपुर, दैलेख लगायतका जिल्लामा मुख्य सडक अवरुद्ध कायमै छ।
घुर्मी भदौरे खोलाको बाढीका कारण अवरुद्ध सिद्धिचरण राजमार्गको अवरोध यथावत छ। यस्तै, गाईघाट-खोटाङ सडकको अवरोध पनि कायमै छ। असार २७ बाट यो राजमार्गको अवरोध यथावत छ।
ललितपुर-मकवानपुर जोड्ने कान्ति लोकपथको अवरोध पनि यथावत नै छ।
बुधबार रातिदेखिको पानीका कारण मकवानपुर र दैलेखमा तीनवटा सडक एकैसाथ अवरुद्ध भएका छन्।
कहाँ कहाँ सडक अवरुद्ध?