
काठमाडौं : आइसीसी टी २० विश्वक क्वालिफायर एसिया फाइनल मा नेपालले मलेसियालाई हराउन ८४ रनको लक्ष्य पाएको छ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर ८३ रन बनाएको हो।
सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा मलेसियका लागि सायद अजिजले सर्वाधिक ३० र भिरनदिप सिंहले १५ रन बनाए। अजिजले १५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे।
नेपालका लागि सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए। सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए।
सोमपालले पहिलो ओभरमै दुई विकेट लिँदै नेपाललाई गितलो सुरुवात दिलाएका थिए। तर आफ्नो दवस्रो ओभरमा भने उही केही महँगा बने। सोमपालले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन्। करणले २ ओभरमा १२ रन मात्र खर्चे।