PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रतिनिधिसभाको अवरोध हटाउन काँग्रेस तयार, बाढी पहिरोका विषयमा साझा प्रस्ताव



पहिलोपोस्ट

प्रतिनिधिसभाको अवरोध हटाउन काँग्रेस तयार, बाढी पहिरोका विषयमा साझा प्रस्ताव

काठमाडौं: सभामुख कृष्णबहादुर महराको पहलमा भएको छलफलपछि प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरु संसद सुचारु गराउन सहमत भएका छन्।

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा कांग्रेस संसद बैठक चलाउन सहमत भएको सभामुखको सचिवालयले जनाएको छ। सत्तारुढ ने क पा, प्रतिपक्षीबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबानलगायतमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने र सदन सुचारू गर्ने सहमति भएको हो।

छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसहित पुष्पा भुसाल, मीनेन्द्र रिजाल र दिलेन्द्र बडू, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको थियो। 

निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक २:३० का लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ। सत्तारुढ पक्षले सभामुखको रुलिङ नसुनेको र प्रतिपक्षको आवाज पनि नसुनेको भन्दै कांग्रेसलगायत प्रतिपक्षी दलहरुले विरोध जनाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell