PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पाकिस्तान विरुद्धको ऐतिहासिक सिरिज जितेको नेत्रहिन क्रिकेट टोली नगदसहित सम्मानित



पहिलोपोस्ट

पाकिस्तान विरुद्धको ऐतिहासिक सिरिज जितेको नेत्रहिन क्रिकेट टोली नगदसहित सम्मानित

काठमाडौं : पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रि नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएको छ।

युवा तथा खेलकुद मन्त्रालयले बुधवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको हो।

नेपालले पाकिस्तानलाई उसैको मैदानमा ४-० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो। एक खेल भने वर्का कारण रद्भ भएको थियो।

भगवती भट्टाराईको कप्तानीमा नेपालले ४ वटा खेल जितेको थियो। युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले १५ खेलाडी र ७ अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका हुन्। १५ खेलाडीलाई ५०-५० हजार र अफिसियललाई २५-२५ हजारबाट सम्मान गरिएको हो।

नेपालले पाँच महिनाअघि यस सिरिज जितेर आउँदा खेलकुद मन्त्रीले कार्यविधि बनाएर सम्मान गर्ने बताएका थिए। सोही अनुसार आज सम्मान गरिएको हो।

ढिलै भएपनि मन्त्रालयले खेलाडीलाई सम्मान गरेको बताउँदै पारा खेलाडीलाई पनि अन्य खेलाडीलाई जस्तै सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताए। उनले जुन खेलाडीले पदक जितेपनि आखिर त्यो देशको लागि एउटै पदक भएको बताउँदै खेलाडीमा भेदभाव नगर्ने बताए।

यस्तै नेत्रहिन क्रिकेट टोलीकी व्यवस्थापक ज्योती केसीले आफूले पाएको पुरस्कारमा ७५ हजार थप गरी नेत्रहीन ज्योती केसी महिला क्रिकेट पुरस्कारको लागि कोष स्थापना गरेकी छिन्। उनले पुरस्कारको २५ हजारको चेक र थप ७६ हजार १११ रुपैयाँको चेक नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेलाई प्रदान गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell