PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण जितेका अजित, प्रिन्स र अजयलाई नगद १ लाखसहित सम्मान



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण जितेका अजित, प्रिन्स र अजयलाई नगद १ लाखसहित सम्मान

काठमाडौं : अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जित्नेका धावक अजित कुमार यादव, ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल र अजय तामाङ नगदसहित सम्मानित भएका छन्।

बुधवार युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जितेका यी तीन खेलाडीलाई नगद १-१ लाखबाट पृरस्कृत गरेको हो।

अजितले गत चैतमा भएको थर्ड युथ एथ्लेटिक्समा स्वर्ण जितेका थिए भने प्रिन्सले गत असोजमा दुबई इन्टरनेशनल जुनियर ब्याडमिन्टनको स्वर्ण जितेका थिए। यस्तै अजयले स्पेशियल ओलम्पिकमा स्वर्ण जितेका हुन्।

प्रिन्स दाहाल हाल चीनमा रहेका कारण उनको पुरस्कार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष राजमी बहादुर श्रेष्ठले ग्रहण गरेका थिए।

यस्तै अजितले स्वर्ण जित्दा प्रशिक्षक रहेका धनिराम चौधरीलाई भने नगद ५० हजार प्रदान गरिएको छ। स्पेशियल ओलम्पिकमा रजत जितेकी महिमा कोइरालालाई पनि नगद ५० हजारबाट पुरस्कृत गरिएको छ।

यसैगरी गत वर्ष माघमा पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिजमा पाकिस्तानलाई हराएको नेपालको महिला नेत्रहीन क्रिकेट टोली पनि पुरस्कृत भएका छन्। मन्त्रालयले उक्त सिरिज जित्ने १५ खेलाडीलाई नगद ५०-५० हजार र ७ जना अफिसियललाई २५ हजारका दरले सम्मान गरेको हो।

यस्तै विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई पनि नगदसहित सम्मान गरिएको छ। महिला टिमका खेलाडीलाई ३२ हजार पाँच प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell