PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफ उपविजेता महिला फुटबल टोली सम्मानित



पहिलोपोस्ट

साफ उपविजेता महिला फुटबल टोली सम्मानित

काठमाडौं : पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ।

गत फागुनमा विराटनगरमा आयोजना भएको साफमा उपविजेता भएको टोलीका खेलाडीलाई मन्त्रालयले ३२ हजार पाँच सयका दरले सम्मान गरेको हो।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देबकोटा लगायतले खेलाडीलाई पुरस्कृत गरे। टिममा रहेका २० खेलाडी र एक प्रशिक्षक सम्मानित भएका हुन्।

आफ्नै क्षेत्रमा भएको साफमा दवस्रो भएको टोलीलाई यसअघि सोमबार विराटनगर महानगरपालिकाले ५०-५० हजार र मंगलबार प्रदेश १ सरकारले १-१ लाखबाट सम्मानित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell