PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

निर्देशक छवि ओझाविरुद्ध उनकी जेठी पत्नीको उजुरी, अदालतद्वारा पक्राउ पूर्जी जारी



पहिलोपोस्ट

निर्देशक छवि ओझाविरुद्ध उनकी जेठी पत्नीको उजुरी, अदालतद्वारा पक्राउ पूर्जी जारी

काठमाडौं : फिल्म निर्देशक छविराज ओझाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। सँगै प्रहरीले उनकी कान्छी पत्नी शिल्पा पोखरेलको पनि खोजी थालेको छ। नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई पक्राउ गर्न प्रहरीलाई पुर्जी जारी गरेको हो।

'अदालतबाट पक्राउ पूर्जी जारी भएको छ,' महानगरीय प्रहरी प्रभाग काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने, 'उहाँहरुलाई जतिखेर पनि पक्राउ गर्न सक्छौं।'

छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। हेमाबाहेक चर्चित निर्देशक ओझाले अन्य तीनजनासँग बिहे गरेका थिए। उनको तेस्री पत्नी थिइन् चर्चित अभिनेतृ रेखा थापा। रेखासँग सम्बन्ध विच्छेद गरेका छविले त्यसपछि अभिनेतृ शिल्पा पोखरेलसँग चौथो विवाह गरेका थिए।

पोखरेलले शिल्पालाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा परेपछि छविराज ओझाको बिहे प्रकरणहरु एकाएक मिडियामा सार्वजनिक हुन थालेको थियो। त्यही क्रममा उनकी जेठी श्रीमतले छविविरुद्ध उजुरी दिएकी हुन्। छविकी दोस्रो पत्नीको भने मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell