PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

पहिलो खेल जित्दै प्रिन्स दोस्रो चरणमा



पहिलोपोस्ट

पहिलो खेल जित्दै प्रिन्स दोस्रो चरणमा

काठमाडौं : चीनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो खेल जितेका छन्।

उनी पहिलो खेलमा जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन्। उनले पहिलो चरणमा पुरुष एकल यू–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१–१६, २१–१२ को सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन्।

अब उनले दोश्रो चरणमा चिनका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell