PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

त्रिविको परीक्षा शाखाका कर्मचारीलाई रकम दिएर नम्बर बढाउने सुरेन्द्र कोइरालाको तीनवटै एमए रद्द



पहिलोपोस्ट

त्रिविको परीक्षा शाखाका कर्मचारीलाई रकम दिएर नम्बर बढाउने सुरेन्द्र कोइरालाको तीनवटै एमए रद्द

काठमाडौं : कर्मचारीलाई रकम दिएर नम्बर बढाएको खुलासा भएपछि त्रिभुवन विश्वविद्यालयले सुरेन्द्रप्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको छ।

त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामिक विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका कोइरालाले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएका थिए। यसै विषयमा अख्तियारले अनुसन्धान सँगै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारले समेत पुष्टि गरेको भन्दै विश्वविद्यालयले उनका प्रमाणपत्रहरुलाई अयोग्य घोषित गरेको हो। केन्द्रीय परीक्षा संचालन समितिको साउन ३ गते बसेको बैठकले उनको तिनवटै विषयको शैक्षिक योग्यताको प्रमाणपत्रलाई रद्द गर्ने निर्णय गरेको हो।

त्यसैगरी पाटन संयुक्त क्याम्पसबाटै अर्थशास्त्रमा स्नातकोत्तर गरेका केदार भट्टराईले पनि कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएको भेटिएकाले उनको शैक्षिक योग्यताको प्रमाणपत्रलाई पनि रद्द गरिएको विश्वविद्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell