PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

अज्ञात सवारीको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु



रासस

अज्ञात सवारीको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर

दमौली: अज्ञात सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जना वृद्धको मृत्यु भएको छ। ठक्करबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवाका ७९ वर्षीय खड्कबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। बिहान ५ बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell