PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोलकातामा साउन १२ मा भानुजयन्ती मनाइने, चन्द प्रमुख अतिथि



रासस

कोलकातामा साउन १२ मा भानुजयन्ती मनाइने, चन्द प्रमुख अतिथि

काठमाडौँ: नेपाली जनकल्याण समिति कोलकाताले साउन १२ गते २०६ औँ भानुजयन्ती मनाउने भएको छ। यस वर्षको भानुजयन्तीमा पूर्वप्रधानमन्त्री  तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द प्रमुख अतिथी हुने छन्।

कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो। कोलकाताको अलिपुर रोडलाई सन् २००७ मा ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ। यही साउन १२ गते कोलकाताको हावडा मैदानमा आयोजना भानुजयन्ती मनाइने छ।

भारतको पश्चिम बंगाल राज्यका सहकारीमन्त्री अरुप राय पनि अतिथी रहने कार्यक्रममा कविता वाचन, विविध नेपाली सांस्कृतिक कार्यक्रमका साथै साहित्यिक पत्रिका ‘बिहानी’ को २० औँ अंक विमोचन हुने भानुजयन्ती आयोजक समितिका सभापति बद्रीविक्रम थापाले जानकारी दिए।

कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल, संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला, प्राज्ञ प्रा डा हेमनाथ पौडेल र डा देवी नेपाल, धर्मराज बराल, रामप्रसाद पन्त, डा डिपी अर्याललगायत सहभागी हुने छन्। कार्यक्रममा प्राज्ञ प्रा डा पौडेलले भानुभक्तको कवित्वबारे गोष्ठीपत्र प्रस्तुत गर्ने छन् भने प्राज्ञ डा नेपालले कविता कार्यशाला चलाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell