PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

अख्तियारको स्टिङ अप्रेसनः गौशाला वृतमा कार्यरत प्रहरी घुससहित पक्राउ



पहिलोपोस्ट

अख्तियारको स्टिङ अप्रेसनः गौशाला वृतमा कार्यरत प्रहरी घुससहित पक्राउ
प्रतीकात्मक तस्बिर

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जना प्रहरीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत दुई जना प्रहरीलाई बुधवार राति घुस रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक (सइ) रेशम पाण्डे र राजु सोडकार रहेको आयोगका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।‘ सेवाग्राहीको केस मिलाइदिन्छु भन्दै रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं‘, सहसचिव कोइरालाले भने।

उनीहरुको साथबाट प्रहरीले १८ हजार रुपैयाँसमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell