PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कार्कीको ‘घामको पहाड’ कविता सङ्ग्रह सार्वजनिक



पहिलोपोस्ट

कार्कीको ‘घामको पहाड’ कविता सङ्ग्रह सार्वजनिक

काठमाडौः पचासको दशकदेखि कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता सङ्ग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ।

साहित्यको मूलबाटो मानिएको कविता लेखन कलाको एउटा रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाइ र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ। त्यसमै आधारित रहेर कार्कीले गद्य कविताहरूको सङ्ग्रह प्रकाशित गरेको जानकारी दिए।

सङ्ग्रहमा कविले ३३ वटा कविता समेटेका छन्। पत्रकारितामा समेत आबद्ध कार्कीले राष्ट्रियता, सशस्त्र द्वन्द्व, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयवस्तुमाथि आफ्ना भाव कवितामा व्यक्त गरेका छन्।

भाषा विचार आदानप्रदानको सशक्त माध्यम भएकाले कार्कीको संग्रह 'घामको पहाड'मा भाव अभिव्यक्तिको माध्यम कवितालाई बनाइएको छ। पत्रकारितामा समेत उत्तिकै सक्रिय कार्कीको सो कविता सङ्ग्रह आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell