PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पार्टी एकता धरापमा छ भन्ने कुरामा सत्यता छैन : माधवकुमार नेपाल



कुञ्जरमणि भट्टराई

पार्टी एकता धरापमा छ भन्ने कुरामा सत्यता छैन : माधवकुमार नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता धरापमा रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्।

'पार्टी धरापमा छ भन्ने कुरामा सत्यता छैन,' नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा नेता नेपालले भने, 'पार्टी बलियो जगमा छ।'

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई फलामे एकता भएको बताउँदे उनले कुनै पनि हालतमा नटुट्ने दाबी गरे।

'यो फलामे एकता हो। भत्किँदैन,' नेता नेपालले भने। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले पार्टी एकता रातारात नभएको दाबी गरेका थिए।

'पार्टी एकता गरेर ठीक बाटो समातेका छौं,' उनले भने, 'सबै तहको एकताको काम चलिरहेको छ।'

उनले गल्ती र कमजोरी सुधार्दै गए नेपालमा कम्युनिस्टको विकल्पको कल्पना गर्न नसकिने समेत बताएका थिए। 'जनतासँग माछा र पानीको जस्तो सम्बन्ध रहनुपर्छ,' नेता नेपालले भने।

रोचक त के भने २०७४ असोज तेस्रो साता बाबुराम भट्टराईको नयाँ शक्तिसहित पार्टी एकता हुँदा वरिष्ठ नेता नेपालको भूमिका गौण बनाइएको थियो। यतिसम्म कि घोषणा सभा सुरु भएको ३० मिनेटपछि मात्रै नेता नेपाललाई आसन ग्रहण गराइएको थियो। जुटेको केही दिनमै डाक्टर बाबुराम भट्टराई एकता प्रक्रियाबाट बाहिरिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell