PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

होमवर्क पूरा नहुँदा बस्ने भनेको ने क पाको सचिवालय बैठक बसेन



कुञ्जरमणि भट्टराई

होमवर्क पूरा नहुँदा बस्ने भनेको ने क पाको सचिवालय बैठक बसेन
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी एकताको अन्तिम निर्णयका लागि बोलाइएको बैठक स्थगित भएको हो।

नेकपाको एकता अन्तिम चरणमा पुगेको बताइए पनि स्कूल विभागको नेतृत्वको विषयमाथि सहमति जुट्न सकेको छैन। स्कूल विभागको नेतृत्वका लागि नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी खुला रुपमा सार्वजनिक भइसकेको छ।

यसअघि असार ५ गतेको सचिवालय बैठकमा एकतालाई टुंग्याउने बताइएको थियो। सो बैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्दै जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकेको थियो। तर, विभागहरुको टुंगो लगाउन सकेको थिएन।

पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले ७ गते धुम्बाराहीमा बस्ने बैठकले पार्टी एकता टुंग्याउने बताएका थिए। नेताहरुको कार्यव्यस्तता र केही आन्तरिक गृहकार्य नपुगेको भन्दै ७ गते पनि बैठक बस्न सकेन।

'७ गते बैठक नबस्ने भएपछि आज बैठक बस्ने भनिएको थियो। तर, आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न सकेन। अर्को बैठक कहिले बस्ने भन्ने पनि तय गरिएको छैन। कतिपय कमिटीहरूको कार्यविभाजन पनि बाँकी छ,' नेकपाका एक नेताले भने।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैठौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा श्रेष्ठले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell