PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर : नेपाल कठिन समूहमा



पहिलोपोस्ट

एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर : नेपाल कठिन समूहमा

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप २०२० को क्वालिफायरमा नेपाल कठिन समूहमा परेका छ।

एएफसी हेडक्वाटर क्वालालम्पुरमा बिहीवार भएको ड्र अनुसार नेपाल सेन्ट्रल एण्ड साउथ जोनको समूह ए मा परेको छ। उक्त समूहमा नेपालसँगै उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन्।

उज्वेकिस्तान चार पटकको उपविजेता हो।

एएफसीले एसियाका ३१ राष्ट्रलाई विभिन्न ६ क्षेत्रमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो। जस अनुसार सेन्ट्रल एण्ड साउथ जोनको समूह बी मा इरान कीर्गिस्तान र तुर्किमनेस्तान छन्।

यस्तै इस्ट जोनको ७ र वेष्ट जोनको ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

आसियन क्षेत्रको ड्र भने भएको छैन। एएफएफ फुटसल च्याम्पियनसिप नै सन् २०२० मा हुने एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफाइङको रुपमा रहने एएफसीले जनाएको छ।

नेपाल रहेको सेन्ट्रल एण्ड साउथ जोनबाट दुई समूह विजेता र उपविजेता गरी चार टिमले सन् २०२० मा तुर्कमिनेस्तानमा हुने अन्तिम चरणको प्रतियोगिता स्थान बनाउनेछ।

अन्तिम चरणमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले क्वालिफायरको लागि टिम तयार गर्न भदौ दोस्रो सातदेखि फुटबल प्रतियवगिता आयोजना गर्ने एन्फा फुटसल कमिटीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell